Jump to content

Help:Introduction to navigating Wikipedia/2

From Wikipedia, the free encyclopedia
This is an old revision of this page, as edited by Vishnu Dhanaynjia (talk | contribs) at 12:00, 31 March 2019. The present address (URL) is a permanent link to this revision, which may differ significantly from the current revision.

राजा मिलिन्द र भन्ते नागसेन बि

राजा मिलिन्द भिक्षु नागसेन कहाँ भेट गर्न गए , वहाँ लाई नमस्कार र अभिवादन गरेर एक छेउमा बसे। नागसेन ले पनि भी जिज्ञासु एंव विद्धान राजा को अभिनन्दन गर्नु भयो। तब राजा मिलिन्द ले प्रशन गरे –भन्ते , हजु कौनो नाम ले चिन्निने हुनु हुन्छ नि, हजुर को शुभ नाम के हो ? महाराज म ‘नागसेन’ नाम ले परिचित छु र मेरो सहब्रह्मचारी मलाई यहि नाम ले बोलाउने गर्दछन्। यद्दपि माता–पिता नागसेन , सूरसेन , वीरसेन या सिंहसेन यस्तो कुनै पनि नाम दिई हाल्नु हुन्छ अथवा यसरी नाम करण गर्नु हुन्छ। तर यो व्यवहार को लागि संज्ञाहरु मात्र सम्म हो। किनकि व्यवहार मा यस प्रकारको कुनै पुरुष (आत्मा) छैन। भिक्षु नागसेन को यस असामान्य उत्तर ले चकित सम्राट मिलिन्द ले उपस्थित समुदायहरु सबै लाई डाकेर सम्बोधित गर्दै भने – मेरे पाँच सय यवन र अस्सी हजार भिक्षुहरु, हजुर हरु सुन्नु होस्, भन्ते नागसेन को भनाई छ कि ‘ यथार्थ मा कोहि पनि आत्मा छैनन्’ वहाँको यस कथन विवरण लाई के बुझेर लिने योग्य छ ? फेरी भन्ते लाई सम्बोधित गर्दै भने– यदि कुनै आत्मा छैन भने कस्ले हजुर लाई चीवर , भिक्षापात्र , शयनासन , र ग्लानप्रत्यय (औषधि) दिने गर्छन् त ? कस्ले उस्को भोग अथवा ग्रहण गर्छ त ? कस्ले शील को रक्षा गर्छ त ? कस्ले ध्यान साधाना को अभ्यास गर्छ त ? कस्ले आर्यमार्ग को फल निर्वाण लाई साक्षात्कार गर्छ त ? कस्ले प्राणातिपात (प्राणि हिंसा) गर्छ नि ? कस्ले अदिन्नादान (चोरी) गर्छ नि ? को चाहिँ मिथ्या भोगहरु मा अनुरक्त हुन्छ नि ? कस्ले चाहिँ मिथ्या भाषण गर्छ नि ? कस्ले मादक पदार्थ सेवन गर्छ नि ? कस्ले अन्तराय कारक कर्महरु लाई गर्छ नि ? यदि यस्तो केहि कुरा नै छ भने देखि त न पाप छ र न पुण्य नै, न पाप र पुण्यका कर्महरु को कुनै फल हुन्छ नै।भन्ते , नागसेन! यदि कसैले हजुरको ह्त्या गरि दियो भने कसैको हत्या भएन ? भन्ते , तेसो हो भने त हजुरको कुनै आचार्य पनि हुनु भएन, कोहीपनि उपाध्याय गुरू पनि हुनुहुन्न र हजुरको उपसम्पदा (प्रव्रज्या) पनि भएको छैन।

हजुर भन्नु हुन्छ कि हजुरका सह ब्रहमचारी (सह भिक्षु) हजुर लाई नागसेन नाम ले बोलाउँछन्, त्यसो भए यो ‘नागसेन’ हो के, के यो केश (कपाल) ‘नागसेन’ हो ? ‘होइन महाराज !’ ‘यो रौँ नागसेन हो ?’ ‘होइन महाराज !’

‘यो नङ, दाँत, छाला, माँसु, हडडी, मांसपेशी, मज्जा, अन्तस्करण, हृदय, फियो, आन्द्रा, पेट, मल, पीप, रगत, मृगौला, पसिना, बोसो, आँसु, -याल, लसीका दिमाग आदि नागसेन हो ?’ ‘होइन महाराज !’ ‘तेसो भए के हजुरको रुप नागसेन हो ?’ ‘नहीं महाराज!’ ‘त्यसो भए के यो सबै मिलाएर पञ्च खन्ध (स्कन्ध) नागसेन हो?’ ‘होइन महाराज !’ ‘त्यसो भए ई रुपादि बाट भिन्न कोही नागसेन हो ?’ ‘होइन महाराज !’ ‘भन्ते , म हजुर संग प्रशन गर्दा गर्दै – थाकि सकेँ, किन्तु नागसेन के हो यस कुराको पत्तो लागेन।त्यसो भए के नागसेन केवल शब्द मात्र हो ? त्यसो भए नागसेन को चाहिँ हो ? भन्ते हजुर झूठ बोल्नु हुन्छ  कि नागसेन कोही छैन।’

यति धेरै प्रशन गरेर –थाकेका राजा मिलिन्द संग भिक्षु नागसेन ले पूर्ववत सौम्य कोमल शान्त स्वर मा भन्नु भयो – महाराज, हजुर सुकुमार युवक हो, यो भतभती पोल्ने दिउँसो को कठोर खस्रो कड़कड बालुवा तथा ढुङ्गाको चोइटा ले भरिएको भुमिमा पैदल हिँडेर आउँदा खेरी हजुरका खुट्टा दुखे होला, शरीर थाक्यो होला, मन असहज (अफ्ठ्यारो) भयो होला र शरीर मा पीडा कष्ट भैरहेको होला। के हजुर पैदलै हिँडेरै आउनु भयो कि या कुनै सवारी मा... ‘भन्ते म पैदल होइन बरु रथमा आएको हूँ ।’ ‘महाराज ! यदि हजुर रथमा आउनु भएका हो भने मलाई बताउनु होस् कि हजुरको रथ कहाँ छ ?

‘राजा मिलिन्द ले रथ को तर्फ औँली निर्देश संकेत गरे तब भन्ते नागसेन ले सोध्नु भयो – राजन ! के हरिस रथ हो ?’ ‘होइन भन्ते!’ ‘के धुरा रथ हो ?’  ‘होइन भन्ते!’ ‘के चक्का रथ हो ?’ ‘होइन भन्ते!’ ‘राजन ! के रथ को पङ्खा रथ हो ?’ ‘होइन भन्ते!’ ‘के रथ को सरी लठ्ठीहरु रथ हो ?’ ‘होइन भन्ते!’ ‘के लगाम रथ हो ?’ ‘होइन भन्ते!’ ‘के चाबुक (कोड़ा) रथ हो ?’ ‘होइन भन्ते!’ ‘राजन ! के ई सबै एक साथ रथ हो ?’ ‘होइन भन्ते!’ ‘के ई सबै संग पर कतै रथ छ ?’ ‘होइन भन्ते!’ ‘महाराज ! म हजुर लाई सोद्धा सिद्धै –थाकि सकेँ को छु, तर पनि यो पत्तो लाग्न सकेन कि रथ कहाँ छ.... 

के रथ केवल शब्द मात्र हो ? अन्तत: यो रथ हो के ? महाराज हजुर झूठ बोल्नु हुन्छ कि रथ छैन। महाराज, सारा जम्बु द्वीपमा हजुर सबै भन्दा ठुला राजा हुनुहुन्छ। तर पनि कस्को डरले हजुर झुठ बोल्दै हुनुहुन्छ नि ?  

‘पाँच सय यवनहरु र मेरा अस्सी हजार भिक्षुहरु ! हजुर हरु ले सुन्नु होस्, राजा मिलिन्द ले भनेको कुरा के हो,  ‘म रथमा यहाँ आएँ ‘ किन्तु मैले सोद्धा कि रथ कहाँ छ भनेर, वहाँले मलाई बताउन सक्नु भएन के वहाँको कुरा लाई मान्न सकिन्छ ? यस कुराको आधारमा पाँच सय यवनहरु ले आयुष्मान नागसेन लाई साधुवाद दिँदैराजा मिलिन्द संग भने –महाराज , यदि हुन सक्छ भने चाहिँ हजुर यस्को उत्तर दिनु हवोस्। तब राजा मिलिन्द ले भने –भन्ते ! मैले झुठो बोलेको होइन। समस्त रथको एकत्रित अङ्ग भागहरु को आधार मा केवल व्यवहार को लागि ‘रथ’ यसरी नाम बोलाउने गरिएको हो। 

‘महाराज बहुत राम्रो, हजुरले जान्नु भयो कि रथ के हो।यस्तै प्रकार मेरो केश इत्यादि को आधारमा केवल व्यवहार को लागि “नागसेन” यसरी एउटा नाम बोलाउने चलन छ तर परमार्थ मा नागसेन नामक कुनै आत्मा छैन।भिक्षुणी वज्रा ले भगवान बुद्ध को सामुमा भन्नु भएको थियो –जसरी एकत्रित अङ्ग भागहरु को आधारमा एउटा “ रथ” संज्ञा (नाम करण उच्चारण) हुन्छ। त्यसै प्रकार खन्ध (स्कन्ध) गठ्ठा अङ्ग पूर्ण भएको हुनाले "सत्तवा" (सत्व) भन्ने बुझेर जानेको हुनु पर्दछ। ‘भन्ते !! आशचर्य छ , अदभुत छ। यस जटिल प्रशन लाई हजुरले बडो राम्रो सउचित तरिकाले सुल्झाउनु भयो। विस्मयहर्षित राजा मिलिन्दले भने, यदि यस समय भगवान बुद्ध पनि यहाँ हुनु हुन्थ्यो भने वहाँले पनि हजुर लाई साधु वाद दिनु हुन्थ्यो। भन्ते नागसेन ! हजुर लाई साधुवाद !!

अनुवाद - बिष्णु धनञ्जय