Help:Inputbox
प्युठान जिल्ला एक परिचय
प्युठान जिल्ला नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा अवस्थित एक पहाडी जिल्ला हो । यस जिल्लाको पूर्वमा अर्घाखाँची र गुल्मी , पश्चिममा रोल्पा र दाङ, उत्तरमा वाग्लुङ र रोल्पा र दक्षिणमा अर्घाखाँची र दाङ जिल्ला रहेका छन । समुन्द्र सतहवाट ३०५ मीटर देखि ३६५९ मीटर सम्मको उचाइमा पहाड, पर्वत, टार, वेशी आदि रहेको यो जिल्लामा खासगरी शीत र शमशितोष्ण हावापानी पाइन्छ । विश्वमान चित्रमा प्युठान जिल्ला २७ डिग्री ५२ मिनट देखि २८ डिग्री २१ मिनट उत्तरी अक्षांश र ८२ डिग्री ३६ मीनट देखि ८३ डिग्री ३६ मीनट पूर्वी देशान्तरमा अवस्थित छ । यो जिल्ला १३२८९० हेक्टर क्षेत्रफलमा फैलीएको छ । यहाँ सामान्यतया न्युनतम १४.८ देखि अधिकतम २४.१ डिग्री सम्मको ताप र सरदर १३०० मी.मी. वार्षिक वर्षा भएको पाइन्छ । राजनैतिक विभाजन अनुसार २ निर्वाचन क्षेत्र , ११ इलाका, ४९ गा.वि.स.मा विभाजित यो जिल्लामा जनमोर्चा नेपाल, ने.क.पा. एमाले, नेपाली कांग्रेस , राष्टि्रय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस ( प्रजातान्त्रिक ) को प्रभाव रहेको पाइन्छ ।
पश्चिम विजय अगाडिको प्यूठानको राजनैतीक स्थिति
प्यूठान चौबिसे राज्य अन्तरगतको एउटा शक्तिशाली राज्य थियो । पृथ्वी नारायण शाहको नेपाल राज्यको स्थापना पश्चात पश्चिमको चौबिसे राज्यलाइ नेपाल राज्यमा गाभ्नु अगाडि प्यूठानको मुख्य राज्य र राजाको रुपमा भित्रिकोटमा चन्द वंशीय राजालाइ लिइन्छ । प्यूठानलाइ १४००० प्यूठान भन्ने चलन पनि थियो । प्यूठानलाइ नेपाल राज्यमा गाभ्न पाल्पा राज्यको सन्धिले सहयोग गरेको देखिन्छ । हालको सदरमुकाम खलंगालाइ नेपाली फौजीले आफ्नो केन्द्र बनाएको कुरा देखिन आउछ । भित्रिकोटका अन्तिम राजा रुद प्रताप चन्द हुन । नेपाली फौजीका प्रधान सेनापति काजी दामोदर पाण्डे , काजी जगजीत पाण्डे, तथा सरदार फौजी सिंह र वादल सिं थापाले नोभेम्वर १७८६ इश्वी सन ( कार्तिक १९, १८४३ वि. सं.) मा भित्रिकोट राज्यलाइ नेपालमा मिलाएका थिए ।
नेपाल राज्यमा गाभिएपछिको प्रशासनिक स्थिति
लडाइ सकिएपछि यस क्षेत्रको प्रशासनिक कार्यहरु मिलिसिया सैनीक प्रमुखबाट चलेको देखिन्छ हालको सदरमुकाम रहेको सम्पुर्ण क्षेत्र सेना नियन्त्रणमा थियो । खलंगामा मिलेसिया सैनिक आवास बाहेक पहिलो मन्दिर खलंगा ४ स्थित श्री रामेश्वर महादेवको मन्दिर हो । जंगबहादुरका बाजे राम कृष्ण कुंवर मेगजिन स्थापनाको सिलसिलामा प्यूठान आउदा सन् १७७१ मार्च २१ मा प्यूठान मै मृत्यु भएको थियो । रणजित कुंवरबाट नै महादेवको मन्दिर आफ्नो बुबाको सम्झनामा स्थापना गरेको देखिन्छ । पछि जङ्ग बहादुर राणा श्री ३ भएपछि रणोद्धिप सिंहको आज्ञा अनुसार आफ्नो वाजेले प्यूठान खलंगामा बनाइ वक्सेको श्री रामेश्वर महादेव मन्दिरमा २ धार्नीको घण्ट चढाइ दिनु भन्ने हुकुम भए अनुसार तत्कालीन मेगजिनका कप्तान घोलक सिं वस्न्यातले वि.सं. १९२४ कार्तिक १४ रोज १ मा चढाएको पाइन्छ । त्यस्तै खलंगग ४ स्थित सम्बत १८६१ मा बनेको अर्को घर पौवा हो । पछि हाल माल कार्यालय अगाडिको भिमसेनको मन्दिर बनेको देखिन आउँछ । मन्दिरको निमार्ण सम्बत् १८८२ मा भएको कुरा मन्दिरमा रहेको शिलापत्रमा उल्लेख छ । भिमसेनको मन्दिर संभवत: न्यायिक शक्तिको लागि, मिलियासको शक्तिको रुपमा स्थापना गरिएको अड्कल गर्न सकिन्छ । श्री रामेश्वर महादेव मन्दिरको स्थापना संगै खलंगा ४ स्थित श्री गणेश को मन्दिर पनि रणजीत कुंवरले स्थापना गरेको देखिन्छ । उक्त गुठी पत्रमा उल्लेख भए अनुसार रणजीत कुंवरले रामेश्वर महादेव १, श्री दुर्गा ज्यू १ र श्री गणेश २ स्थापना गरेको पाइन्छ र श्री ५ सुरेन्द्र विक्रम शाहबाट थप गुठी वस्सेको कुरा उल्लेख नभएकोले व्यारेकमा रहेको दुर्गा भगवती हो कि भन्ने कुरा आउछ ।(हाल प्यूठान खलंगा गुल्ममा रहेको दुर्गा भगवतीको पूजा आजाको लागि दल कम्पनीबाट नै सामाग्री खर्च प्राप्त हन्छ) । साथै तुषारा प्यूठानमा रहेको गुठी जग्गाबाट तिरो प्राप्त हुने हुदा सोहि दुर्गा भगवति भएको कुरा देखिन आउछ । मन्दिरको पूजा (आजाको लागी प्यूठान मेगजिनका कृष्ण नेवारलाइ सम्बत १८८२ मा श्रावण ८ गते पुजारी तोकी बक्सेको लालमोहरमा उल्लेख गरेको पाइन्छ । संम्बत् त्यस्तै बेला देखि खलंगा, प्यूठानमा नेवार जातीको बस्ती शुरु भएको तथ्य पनि अगाडि आँउछ । खलंगा ४ मा रणजीत कुंवर मार्फत बनेको रानी पौवाको संचालनको लागि सम्बत १८६१ भाद्र ३ रोज ६ मा नब्बे मुरी खेत लालमोहर गरि बक्सेको छ । प्यूठान खलंगा सामरिक महत्वको मात्र ठाउँ नभएर लडाइको लागि आवश्यक पर्ने वारुद, बन्दुक, तोप आदि बनाउने प्रमुख केन्द्रको रुपमा रहेको पाइन्छ । यहाँ दिनको १ नाल तयारी बन्दुक बनाउने मेगजिन थियो । मेगजिन इ. १७८६ तिर बहादुर शाहले स्थापना गर्न लगाएका थिए । मेगजिनका प्रमुख मिस्त्री शिवलाल नकर्मी भक्तपुरका थिए । उनका पुस्तौनि मिस्त्री अम्बर प्रसाद नकर्मी समेत प्यूठान गौडा अन्तरगत रहेको मेगजिनमा २०१८ साल सम्म कार्यरत रहेको देखिन्छ । वि.सं.१८७१ देखि १८७३ मा अंग्रेज नेपालको विचमा युद्ध हुंदा प्यूठानको फलाम प्रयोग गरी संगिन तोप वनाएको कुरा पाइन्छ । २०१६ साल सम्म हाल खलंगा प्यूठानमा रहेको व्यारेक क्षेत्रमा हजारौं मुरीको वारुदको भण्डार थियो । त्यस्तै बिजुवार गा.वि.स. पुण्यखोलाको सैनिक क्षेत्रभित्र लगभग ५ हजार मुरी वारुदको भण्डार थियो । खलंगा प्यूठानको जिल्ला कार्यालय देखि प्रहरी कार्यालय सम्मको सबै माटो, कालो देखिनु वारुद तोप बनाउने कारणले हुन सक्छ । यहाँ प्रशस्त मात्रामा बन्दुक तथा पचासौं संख्यामा तोपको नाल थियो । वि.सं. १९१५ सालमा कप्तान धोलक सिं वस्न्यात मार्फत प्यूठान मेगजिनमा बनाएको १४६ धार्नीको बम अद्यापि खलंगा प्यूठान (व्यारेक) मा सुरक्षित छ । यस प्रकार खलंगा प्यूठानमा पश्चिम विजयको लागि र अंग्रेजसंगको युद्धको निमित्त आवश्यक वारुद, शस्त्र निमार्णको केन्द्र र भण्डार समेत भएको स्पष्ट हुन्छ । प्यूठानको पश्चिमको विजयमा भवानी वक्स गुल्म, श्री नाथ, रामदल, नयाँ श्री नाथ आदि कम्पनीले लडाइमा भाग लिएको देखिन्छ । मिलेसिया सैनीकले गुरुजुपल्टनको जस्तो कालो भोटो, सुरुवाल र कालोफेटा प्रयोग गरेको पाइन्छ युद्ध सामाग्रीको निर्माण स्थल तथा भण्डार र मिलिसिया सैनिकको वसोवास मात्र रहेको खलंगामा प्यूठानमा लडाइ पछि अस्थायी रुपमा झुपडी बनाइ बन्द व्यापारको लागि आइ बसेको, नेवार जातिका महाजनहरुलाइ अस्थायी घरलाइ पक्की स्थायी घर बनाउन आवश्यक हुदैं गएपछि पक्की घर बनाइ बजार विस्तार गरी पाउँ भनी सम्बत् १८९० मा काजी कीर्तिध्वज पाण्डे मार्फत र सम्बत् १८९७ मा सर्दार रणभद्र वस्न्यात मार्फत महाराजाधिराजमा जाहेर हुँदा अमालिबाट झिगटी ल्याइ आफु बस्ने घर पक्का बनाउन इजाजत प्राप्त भएको र सो बेला सबै काम मिलिसिया सैनिक प्रमुखबाट हुने गरेको देखिन्छ । नेपालमा जङ्ग बहादुर राणाको उदय पछि २००७ साल भन्दा अगाडि सम्म यो जिल्ला पाल्पाको कमाण्डीङ अन्तरगत पर्दथ्यो । त्यसै बेला जिल्लालाइ प्रशासकीय रुपमा ६ थुनामा बांडीएको पाइन्छ ।
जनसंख्या विवरण
वि.स. २०५८ सालको राष्टि्रय जनगरणा अनुसार यस जिल्लाको कुल जनसंख्या २,१२,४८४ रहेको छ । जसमध्ये १,१४,०९४ जना महिला र ९८,३९० जना पुरुष छन । कुल ४०,२६३ घरधुरी रहेका छन । सरदर परिवार संख्या ५.२८ जना र जनघनत्व २.१२ प्रति वर्ग कि.मी. तथा हालको जनसंख्या वृद्धिदर २.१२ प्रतिसत रहेको छ ।
मुख्य वोलिने भाषाहरु
जिल्लामा मातृभाषाको रुपमा वोलिने मुख्य भाषाहरुमा नेपाली १,९०,१७३ जना ( ८९.५ प्रतिसत ), मगर १९,१२४ जना ( ९ प्रतिसत ), नेवार ३१८७ जना ( १.५ प्रतिसत ) रहेका छन ।
जनजाती विवरण
जिल्लामा सवभन्दा धेरै मगर/गुरुङ जाती ६६१६७ जना (३१.१४ प्रतिसत) रहेका छन । त्यसपछि क्षेत्री ५१,७४० जना ( २४.३५ प्रतिसत ), वाहुन २८,३०३ जना (१३.३२ प्रतिसत), सुनार कामी २७,९४२ जना (१३.१५ प्रतिसत ), अन्य ३८,३३२ जना ( १८.०४) रहेका छन ।
जनजीवन
धार्मिक हिसावले यहाँ मुख्यतया हिन्दुहरु वढी छन । वौद्ध इस्लाम, धर्म मान्नेहरु पनि केही मात्रामा पाइन्छन । जातीगत रुपमा क्षेत्री, वाहुन, मगर, गुरुङ, नेवार, सार्की, गाइने, वादी, कुमाल, धामी आदी जातका मानिसहरु एउटै घर्म भाषा संस्कृती भित्र रहेर विभिन्न समूहमा वसेका छन । सामान्यतया लेक, डाँडाकाँडामा मगर, गुरुङ, वेशी समथर उर्वरा भूमीमा क्षेत्री, वाहुन, कामी, सार्की र व्यापारिक नाका केन्द्रहरुमा नेवारहरुको वस्ती वढी छ ।
यातायात
पूर्व पश्चिम राजमार्गको भालुवाङवाट पूर्व उत्तर दरवान, वडडाँडा, चकचके, विजुवार, वाग्दुला हुदै सदरमुकाम खलंगा जाने ७२ किलोमीटर सडक बर्षभरी नै वस सञ्चालन हुने कच्ची वाटोको रुपमा निर्माण भैसकेको छ । चकचके देखि भिंग्री हुदै रोल्पा तर्फ वस सेवा संचालन भएको छ । सहायक मार्गको रुपमा वाग्दुलावाट मच्ची गौमुखी हुदै गुल्मी जाने ४७ किलोमीटर सडक निर्माण भैरहेको छ भने वाग्दुलावाट दम्ति, वहाने हुदै स्याउलीवाङ सम्म जाने ४५ किलोमीटर सडकको निर्माण कार्य जारी छ । त्यसरी नै खलंगा जोगीटारीको २१ किलोमीटर सडकलाइ अर्घाखाँची जोडने कार्य अगाडी वढीरहेको छ । चेरनेटावाट खैरा हुदै खलंगा जोडने १४ कि.मी. वाटो पनि करीव सम्पन्न भैसकेको छ । जिल्ला स्थित अन्य वाटाहरुको पनि निर्माण कार्य भैरहेको छ ।
पूलहरु
वि.वि.एल.एल. मार्फत यस जिल्लामा झोलुङ्गे पुल निर्माण गर्ने कार्य तीव्र रुपमा अगाडी वढेको छ । २०५० साल देखि हालसम्म ३७ वटा झोलुङ्गे पुलहरुको निर्माण कार्य सम्पन्न भैसकेको छ । आ.व. २०६१/२०६२ मा थप १० वटा पुलहरु एघारौ जिल्ला परिषदले निर्माणको लागि छनौट गरेको छ ।
भु–वनावट
जिल्लाको दक्षिणी भाग चुरे क्षेत्र, पश्चिमी भाग महाभारत क्षेत्र पर्दछ भने उत्तरी भुभाग मध्य–हिमाल क्षेत्रमा पर्दछ । यस जिल्लाको चट्टानहरुमा फाइलाइट, डोलामाइट, स्लेट, चुन ढुंगा, क्वार्जाइट आदि पर्दछन भने वलौटे, दोमट र चिम्लाइलो प्रकारको माटो वढी मात्रामा पाइन्छ ।
भू–उपयोग
जिल्लाको कुल क्षेत्रलाइ उपयोगको हिसावले हेर्ने हो भने खेती योग्य जमिन २८,१७१ हेक्टर ( २२ प्रतिसत ) , वन जंगल ७२,६९४ हेक्टर ( ५६ प्रतिसत ), चरन २७,७८९ हेक्टर ( २२ प्रतिसत रहेको छ ।
नदी नालाहरु
यस जिल्लाको मुख्य नदीहरुको रुपमा भिमरुक र माण्डवी ( माडी ) रहेका छन । यी नदीहरुको सहायक नदीहरुमा भिमरुक अन्तर्गत लुङखोला, गर्तङखोला, चुदरी खोला, जुम्री खोला, काँतरे खोला, खप्रङ खोला, हरिया खोला, पतेरे खोला, छापे खोला आदी रहेका छन भने माण्डवी नदी अन्तरगत धनवाङ, अरुण, गोठीवाङ, वायखोला आदी सहायक खोला पर्दछन । भिमरुक खोलामा धेरै फाँटहरु रहेका छन जस्तै विजुवार दाखा फाँट, वाग्दुला फाँट, वरौला फाँट, मरन्ठाना फाँट, अर्गलीफाँट, चिसावाङ फाँट, रातटारी फाँट, गर्तङ फाँट आदी रहेका छन भने माण्डवीमा तुलनात्मक रुपमा अति नै कम फाँटहरु रहेका छन । चिदीबास फाँट, हंसपुर फाँट, माझीदमार भिग्रीफाँट आदी फाँटहरु रहेका छन ।
शैक्षिक अवस्था
जिल्लाको शैक्षिक अवस्थालाइ हेर्दा महिलाको तुलनामा पुरुष धेरै अगाडी भएको पाइन्छ । जिल्लाको कुल साक्षरता ४७.४ प्रतिसत रहेको छ जसमा ६२.४ प्रतिसत र महिला साक्षरता ३४.०२ प्रतिसत छ । जिल्लामा एक मात्र अस्थाथी क्याम्पस विजुवार पुण्यखोला अवस्थित छ । एक उच्च माध्यमिक विद्यालय, ३१ माध्यमिक विद्यालय, ३४ निम्न माध्यमिक विद्यालय र २३३ प्राथमिक विद्यालय विभिन्न स्थानमा रहेका छन ।
स्वास्थ्य तर्फ
जिल्ला स्वास्थ्य कार्यालय १, जिल्ला अस्पताल १, प्राथमिक स्वास्थ्य केन्द्र २ , स्वास्थ्य चौकी ११, उपस्वास्थ्य चौकी २९, आयुर्वेद औषधालय ३ संचालित छन ।
संचार तर्फ
जिल्लामा संचारका लागि पि.सि.ओ. २४, व्यक्तिगत टेलिफोन २८१, कार्यालय टेलिफोन ७८, भिसेट २ गरी जम्मा ३८५ टेलिफोन सेवा उपलव्ध छन ।
हुलाक तर्फ
जिल्ला हुलाक १, इलाका हुलाक १०, अतिरिक्त हुलाक ३८, हुलाक प्रतिनिधि ३८, पत्र वितरक ३३, पत्र वाहक ४६ रहेका छन ।
वन तर्फ
जिल्ला वन कार्यालय १, इलाका वन कार्यालय १, रेञ्ज पोष्ट ८, सामुदायिक वन संख्या २८०, सामुदायिक वन क्षेत्र २,४९?४४.५ हेक्टर छ । जिल्लाको कुल वन क्षेत्रफल ७२,६९४.३ हेक्टर रहेको छ ।
विद्युत तर्फ
जिल्लामा विद्युत सेवा दिने श्रोतहरु झिमरुक जलविद्युत केन्द्र ( जिल्ला भित्र नै उत्पादीत विद्युत केन्द्र हो ।) र नेपाल विद्युत प्राविधिकरण रहेका छन । झिमरुक जल विद्युत केन्द्र मार्फत ११ गा.वि.स. र नेपाल विद्युत प्राविधिकरण मार्फत १७ गा.वि.स.गरी जम्मा २८ गा.वि.स.मा आंशििक विद्युतीकरण भएको छ ।
धार्मिक तर्फ
जिल्ला स्थित धार्मिक तथा पर्यटकीय स्थलहरुमा देश भित्र र वाहिर सम्म चर्चित भएको तिर्थ तथा पर्यटकिय स्थल स्वर्गद्धारी यसै जिल्लाको स्वर्गद्धरीखाल गा.वि.स.मा पर्दछ । त्यस पछि एरावती, गौमुखी, कालिका मन्दिर, झाकिरिस्थान, विजुलीकोट, वरौलाकोट, जावुने दह आदी स्थलहरु तिर्थ स्थलको रुपमा प्रसिद्ध छन ।
पर्यटकिय स्थल
जिल्ला स्थित पर्यटकिय स्थलहरुमा स्वर्गद्धारी, एरावती, गौमुखी, मल्लरानी, भित्रीकोट, विजुलीकोट आदी स्थलहरु पर्यटकिय स्थलको रुपमा परिचित छन ।
डल्ले सराँए
नेपाल बिभिन्न संस्कृतिले भरिएको देश हो । यहाँको सांस्कृतिक परम्परा आफ्नै विशेषताले भरिएको छ । प्राकृतिक विविधता र सांस्कृतिक विविधता नेपालका विशेषता नै हुन् । यहाँ यसै प्रसंगमा एउटा मेला पर्वको बारेमा परिचय गराउने जमर्को गरिएको छ ।
नेपालको मध्यपश्चिम क्षेत्रमा पर्ने राप्ति अञ्चलमा प्युठान जिल्ला पर्दछ । पवित्र तीर्थस्थल स्वर्गद्धारी यस जिल्लाको महत्वपूर्ण ठाउँ मानिन्छ । यस जिल्लाको बिच भागमा झिमरुक नदीले रमाइलो उपत्यका बनाएर बगेको छ । यो फाँट अत्यन्त मलिलो उब्जाउ युक्त छ । यस फाँटको बिच भागमा विजुवार बजार र माथि डाँडामा खलंगा बजार रहेको छ । यी दुइ बजारले यसको निकै शोभा बढाएको छ ।
प्युठानवासीहरुको पनि आफ्नै विशेषता बोकेको मेला र चाड पर्वहरु छन् । त्यस मध्ये डल्ले सराँए एउटा महत्वपूर्ण र एतिहासिक मेला हो । यो मेला दीपावली अर्थात भाइटीकाको भोली पल्ट लाग्दछ । यस मेलाको प्रचलन सम्बन्धमा एउटा रमाइलो किम्वदन्तीमा पाइन्छ । कथाको घटना यस प्रकार रहेको पाइन्छ । धेरै बर्ष पहिले अर्थात वाइसी चौबिसी राजाको पाला भन्दा अगाडी प्युठान जिल्लाको भित्रिकोट भन्ने ठाउँमा एउटा राज्य थियो । त्यहाँको जंगलमा एउटा भीमकाय राक्षस पनि बसेको थियो । त्यो ज्यादै बलियो थियो । त्यहाँका बासिन्दाहरुलाइ यहीनै ठुलो दु:ख थियो । त्यसले आफ्नो आहारनै मानिसको रगत र मासु बनाएको थियो । त्यहाँको बासिन्दाको जीवन अनिश्चितता र भयताले भरिएको थियो । कहिले कुन त्यस दानवको शिकार बन्ने हो थाहा हुँदैनथ्यो । यति भएर पनि त्यहाँका वासिन्दा त्यहाँ वस्न विवस थिए । जाउन पनि कहाँ ? दानवको त्यस्तो स्वभाव देखेर राजा समेत धेरै मानिसहरुको समुहले सल्लाह गरेर साक्षसलाइ दिनको १ जना उनको आहार बन्ने निधो गरे । राक्षसलाइ खुसी बनाउने प्रयास गरे मानिसहरुको त्यो प्रसासबाट पहिले त राक्षस गर्जियो तर पछि आहार खोज्न जानु नपर्ने भएको देखेर मन्जुर गर्यो । यसबाट त्यहाँका मानिसमा केही सन्तोष भयो । किनभने अब राक्षसको जथाभावि हमला हुने भएन । यसरी प्रत्येक दिन एक जना राक्षसको शिकार बन्ने कुरा सामुहिक रुपबाट निर्णय गरियो । त्यो नियम सबैले मान्नु पर्ने भयो । यो चलन चल्दै गयो ।
समय वित्दै गयो । एक दिन एउटा घरको पालो परेछ । त्यो दिन भाइ टिकाको दिन रहेछ । चाडँ वाडको रमाइलो दिन एउटा मानिस मर्नु पर्ने । यस्तो कठिन स्थिति आइपर्यो, दिन नरमाइलो र रुन्चे भएर वित्यो । राती एक जना अबस्य दानवको शिकार बन्न जानु छ। संयोग त्यसै दिन बेलुका एक जना बटुवा त्यही घरमा बास माग्न पुगेछ । बटुवा चलाख र बलियो युवक थियो । वटुवालाइ त्यस घरमा वास र गाँसको ब्यबस्था मिल्ने भयो । खानपिन पछि बटुवा बाहिर पेटीमा सुत्ने भएछ । त्यस घरमा खासखुस र सुँक्क सुँक्क रुवाइको आवाज आउन थाल्यो । चार जना परिवारमा आज रात देखि तिन जना मात्र हुनुछ । बुढा आफु बुढो भएको काम गर्न पनि कठिन हुने भनेर आफै जाने विचार राख्छ । बुढी बुढालाइ मारेर आफु बाँच्न चाहदैनिन् र आफु जान खोज्छीन् । छोरा बाबु आमालाइ पठाएर आफु बाँच्न चाहदैन । त्यस्तै छोरी पनि भन्छिन् । सबै आ–आफ्नै कर्तब्य बताउँछन् । रुवावासी चल्छ । त्यो आवाज सुनेर बटुवाले भित्र गएर सबै कुरा सोध्दछ । बुढाबाट सबै बिस्तार थाहा पाउँछ । बटुवा एकछिन घोरिएर सोच्छ र त्यो दिनमा आफु जाने बिचार गर्छ । बटुवाको बिचारले सबै परिवार डाराउँछन् र पाहुनालाइ पठाउन नहुने कुरा गर्दछन् । बटुवाले सबैलार्इ सम्झाइ आफै जाने बिचार राख्छ । उ एउटा कोदालो र तरवार लिएर त्यस दिशा तिर जान्छ । उ त्यो निर्धारिता ठाउँ भन्दा केही तल खेतमा सानो आफु लुक्न सक्ने खाडल खन्छ र माथिबाट माटो स्याउलाले छोपेर लुक्ने गर्छ । नजिकै केराको खम्बालाइ आफ्नो कपडा लगाएर सुताइ दिन्छ । राक्षस रातको ठिक समयमा गुफाबाट निस्केर आहार खोज्छ । त्यहाँ पाउँदैन । यताउती खोज्छ देख्दैन रिसले चुर हुँदै यताउती दगुर्छ । तल खेतमा मानिस सुतेको जस्तो देख्छ । जोडले दगुर्दै त्यहाँ जान्छ र भन बजिया तँ यहाँ किन सुतेको सुत्यै छस् ? रिसले चुरिदै घोप्टो परेर दारा धस्न मात्र के लागेको थियो बटुवा बाहिर आएर न्वारन देखिको बल लगाएर तरवार चलाउँछ । राक्षसको घाँटी सजिलै पार गरेर दुइ भाग लागाउँछ । राक्षासको टाउको बोकेर बटुवा त्यही राक्षसको गुफामा गएर भित्र ढोका ढप्काएर सुत्छ । रात भरिको परिश्रम र थकाइले बटुवालाइ अर्को दिन १० ११ बजेको थाहै हुँदैन ।
यता अर्को दिन त्यस पालो परेको घरमा कुनै पनि नगएको हल्ला चल्न थाल्छ । घरका मानिसको पनि होस ठाउँमा हुँदैन । त्यो खबर राजा कहाँ पुग्छ । त्यहाँबाट बुझ्नलाइ बोलाइन्छ । त्यो खबरले अब के के हुन्छ । आफ्नो पालोमा नगएको भन्ने कुराले त्यस घरको सबैको सातो पुत्लो उडेको हुन्छ । राजाले सोध्छन्, हिजो तिम्रो घरबाट को गयो ? बुढाले डराइ डराइ सबै बताउँछन् । यस्तैमा तल खेतमा राक्षस सुतेको कसैले खवर ल्याउँछन् । सबै हात हतियार सहीत त्यो हेर्न जान्छन् । त्यस बेला राक्षस उठेर सबैलाइ मार्ने हो की भन्ने डरले तरवार लिएर गएका हुन्छन् । नजिकै पुगेर हेर्छन त राक्षस मरेको हुन्छ । सबै खुसिले नाच्छन् । सबैको हातमा तरवार हुन्छ । बाजाहरु समेत बजाउँछन् । खुसीले उ खै ! उ खै ! अर्थात राक्षस मार्ने पाहुना खै भनेर नाच्दछन् । त्यो परम्परा अहिले सम्म चल्दै आएको छ । प्रत्येक बर्ष प्युठानको डल्ले सराँए भन्ने ठाउँमा यो मेला लाग्दछ । ठुलो ब्यापार र रमाइलो मेला हुन्छ । यो एक एतिहसिक मेलाको रुपमा परिचित हुँदै आएको छ ।
लुङको देवाली
प्युठान जिल्लाका मठ मन्दिरहरु
खलंगा शिवालय मन्दिर
प्युठान खलंगा सिकुवा डाँडामा अवस्थित रामेश्वर महादेवको मन्दिर स्थापना पुर्व पौवा वनेको थियो । अनुश्रीत अनुसार इशाको पन्ध्रौ सताव्दी तिर जय मल्ल नामक राजाले पाटी पौवा चौतारी वनाइ गुठी राखि दिएका थिए । सिकुवा डाँडाँमा पौवा स्थापना गरी अक्षय तृतियाको दिनमा भोज भत्यार खुवाउन र नित्य पुजाको निम्ति ९०० मुरी खेत गुठी राखेकोमा यसैवाट कट्टी गरी शिवालय गुठी राखियो । वि.स. १८६१ को रुक्का पत्रमा यसको गुठी वारे उल्लेख छ । मन्दिरमा नित्य पुजा आजा गर्दा वजाइने नगरा , रासा, धोपा आदिको व्यवस्था गर्न वैशाख महिनाभर वटुवाको लागि सर्वत खुवाउन र जात्रा खर्चको समेत स्थानिय जनताहरुलाइ उछाउनी, पछाउनी, झारा, वेगारी नलागोस भनी ३५० मुरी जग्गा गुठी राखिएको थियो । यहाँ विभिन्न भक्तजनहरुले विभिन्न वस्तुहरु चढाउने क्रममा वि.स. १९२४ को हुकुम मर्जी वमोजिम कप्तान धोलक सिं वस्नेतले घण्टा चढाएका थिए । यहाँको प्यागोडा शैलीको मन्दिर वर्गाकारको जगातीमा आधारित छ । एकतले तथा दुइ छाने यस मन्दिरको आधारको आधार पेटीका भु सतह देखि करीव २ फिटको उचाइमा छ । स्थानिय भेगमा पाइने काठ, ढुंगा, टायल तथा धातुको उपयोग गरी वनाइएको यस मन्दिरको वरीपरी कलात्मक काठको स्तम्भवली छन । यसको वरण्डा नै प्रदक्षिण पथको रुपमा प्रयोग गरिएको छ भने पुर्व र पश्चिम पट्टी प्रवेशद्धार, उत्तर र दक्षिण पट्टी आँखी झ्यालहरु छन । काठमाण्डौ उपत्यकाका अधिकांश शिवालयहरुको चारैतिर प्रवेशद्धार हुन्छन भने यसको आफ्नै विशेषता छ । पूर्वपट्टीको प्रवेशद्धारको दायाँ वायाँ भित्तामा भैरव तथा पार्वतीका मुर्ति राखिएका छन । दुवै छाना टायलले छाइएको यस मन्दिरको माथिल्लो पट्टी कलात्मक गजुर छ । माथिल्लो तलाको झ्याल पनि सामान्य छ भने तोरण तथा टुँडालहरुमा कलात्मक आकृतीहरु अंकित गरिएका छन । मन्दिरको गर्भगृहमा शिवलिंग स्थापना गरी वरिपरि प्रस्तुत मुर्ति तथा साँढेको आकृति वनाइएको छ । यो मन्दिर आधुनिक कलाको कलात्मक कृति भए पनि पुरानो शैली र ढाँचा जगेर्ना गरेको हुँदा वास्तुकलाको दृष्टिले महत्वपुर्ण छ ।
खलंगा भिमसेन मन्दिर
नेवारहरुको वाहुल्यता भएको खलंगा तथा विजुवार वजारमा भिमसेनका कलात्मक एवं आकर्षक प्यागोडा शैलीका मन्दिरहरु छन् । खलंगाको भीमसेन मन्दिरको गर्भगृहमा शास्त्रीय आख्यान अनुकूलका प्रस्तर मूर्ति र यसको आपसमा काठ ढुङ्गाका मूर्तिहरु पनि रहेका छन्। । स्थानीय भक्तजनहरुले यी मुर्तिहरुलाइ भीमसेनका दाजु भाइ भन्दछन् । मुर्तिमा भीमसेनलाइ उभिएको आकृतिमा तरवार र ढाल लिएको देखाइएको छ । दुइ तले पूर्व पट्टि प्रवेशद्धार भएको यो मन्दिरको तल्लो तल्लामा गर्भ गृह छ भने प्रदक्षिणको निमित्त सामान्य आधार पेटिका वनाइएको छ । एउटा मात्र प्रवेशद्धार भए पनि कलात्मक दृष्टिले विशेष उल्लेखनिय छ । यसको माथिल्लो पट्टी अर्ध चन्द्रकारको तोरणले फुल वुट्टा पशु पंछी तथा भयावह आकृती अंकित गरी तान्त्रिक प्रभावको प्रतिनिधित्व गरेको छ । यसको पुजा आजा जनसाधारणवाट हुदै आएकोमा वि.स. १८८२ मा धोवाघाट बाँझवारी र काफलवोटमा ४५ मुरी खेत गुठी राखिएको थियो ।
खलंगा गणेश मन्दिर
खलंगा वजारमा अवस्थित गणेशको मन्दिरको जगती वर्गाकारको छ । भु सतह देखि १ फीट माथि अवस्थित यो मन्दिर एक तले तथा दुइ छाने प्यागोडा शैलीमा आधारीत छ । मन्दिरको तल्लो तहको दक्षिण पट्टी भित्तामा एउटा ढोका र पुर्व पश्चिममा दुइवटा आँखि झ्यालहरु वनाइएका छन । यसको तोरणमा धातुको जलप वनाइ कलात्मक एवं आकर्षक वुट्टा सहित सजाइएको छ । मुलद्धारको माथिल्लो पट्टी पित्तलको कलात्मक तथा आकर्षक गजुर वनाइएको छ । यसको गर्भ गृह उत्तर पट्टी अवस्थित गणेशको प्रस्तर मुर्तिकाल क्रममा निकै खिर्इएको छ । यहाँ भिमसेनको प्रस्तर मुर्ति पनि देखिन्छ । यसको संचालन तथा मर्मत संभारको निम्ति गुठी राखिएको छ ।
निर्मलनाथको मन्दिर
दाखाक्वाडीमा अवस्थित निर्मलनाथलाइ प्युठानी राजा पृथ्वीपति शाहले गुठी दिइ ताम्रपत्र वनाइ दिएका थिए । वि.स. १७६० मा यसलाइ खोलाखेत एकसय मुरी र डिहीवारी समेत गुठी दिइ कसैले अवरोध खडा नगरोस भनी ताम्रपत्र वनाइ दिएका थिए । यहाँ अवस्थित प्यागोडा शैलीको मन्दिर स्थानिय काठ, ढुंगा, टायल आदी भौतिक सामाग्रीहरुको संयोजनले वनाइएको छ । वर्गाकारको जगती माथि अवस्थित यस मन्दिरको पश्चिम पट्टि मूल प्रवेशद्धार छ । वर्गाकारको जगती माथि अवस्थित सामान्य शैली र ढाँचामा आधारीत देखिन्छ । यसका दुइ छाना टायलले छाइ बीचमा माटोको गजुर राखिएको छ । यसको तोरण र टुँडालहरु सादा र सामान्य छन । यसको गर्भगृहको विचमा योगी निर्मलनाथको र छेउमा शिष्यको समाधि र त्यसको उत्तर पुर्व कुनामा भैरवको मुर्ति राखिएको छ । काठमाण्डौ उपत्यकाका भैरव आदि केही तान्त्रिक देवताहरुको केही मन्दिरहरुमा आयतकार पनि छन त्यस्ता मन्दिरमा मुर्ति माथिल्लो तलामा राखि तल्लो तलामा वस्ने स्थान वनाएको देखिन्छ । तर यस थानको समाधि र कुनामा चलायमान भैरवको मुर्ति छ । भैरवको उल्लेख भने एतिहाँसिक कागजपत्रमा देखिए पनि खास शैलीगत आधारमा मध्यकालीन देखिन्छ ।
कालिका मन्दिर
विजुवार वजारमा अवस्थित कालिका मन्दिर सत्रौ अठारौ शताव्दीको शक्ति पिठ हो । भारत तुल्सीपुर नजिकै अवस्थित पाटन देविको पर्वमा पूजा आजा गर्न प्युठानका भट्ट व्राहमणहरु जान्थे भने कालान्तरमा कालिका देवीको पुजा आजा गर्न थाले । राजगुठी पौवा गुठी ग्रहण गरी आएका पुजारीहरुले सामान्य ढंगले दायित्व पुरा गर्दछन । वि स १९६७ को गुठी पत्र पाइए पनि यस भन्दा अधि देखि नै लोकपिय हुँदा संरक्षण तथा संचालनको व्यवस्था सरकारी क्षेत्रवाट गरिएको प्रतित हुन्छ । यहाँ धर्मभिरु व्यक्तिहरुले विभिन्न सामग्रीहरु चढाउने सिलसिलामा पुराना सामाग्रीहरुको अस्तित्व फेला नपरे पनि वि.स. १९४४ र वि.स. १९६० मा घण्ट तथा चाँदी दिइएको देखिन्छ । प्युठान तथा अन्य छिमेकी क्षेत्रका जनताहरु आफ्नो फलोच्छा पुर्ति गर्ने कामनाले कालिका मन्दिरमा वली पुजा गर्ने प्रचलन छ । यो मन्दिर एक तले र एक छाने वनाइ वरीपरी प्रदक्षिण पथ वनाइएको छ । दक्षिण पट्टी प्रवेशद्धार भएको यस मन्दिरको वरीपरी प्रदक्षिण पथ वनाइ तोरण भने पुरानो मन्दिर कै वनाइएको छ । हालको परिवर्तित रुपमा टुँडालको आवश्यकता नदेखिदा भित्तामा टुँडाल सजाइएको छ । टुँडालहरुमा सिंह, अप्सरा, वृक्ष, लतापातका आदि अंकित छन । नयाँ मन्दिर भने पुरानो शैली भन्दा भिन्न ढंगले बनाइएको छ । यस क्षेत्रको महत्वपुर्ण शक्ति पीठ भएकोले अद्यापी यसको स्थान महत्वपुर्ण छ ।
यस क्षेत्रमा जे जति मन्दिरहरु छन अधिकांश प्यागोडा शैलीमा आधारीत छन भने शिखर (देवल) चैत्य विहार नदेखिनु यहाँको आफ्नो विशेषता हो । भित्रीकोट दरवारको भौतिक अस्तित्व भु सतहमा छितर वितर छ । आवशिय भवनहरु पनि तला र तहै तहको छानो भएका छन भने आधुनिक शैलीको प्रभाव पारेकोले परम्परागत शैली लोप हुदै गएको छ । भित्रीकोट राज दरवार क्षेत्रमा पहाडको टाकुरामा जिण्रोदारको प्रतिक्षामा रहे पनि न त गुठी न प्रशासन पुरातत्व विभागको ध्यान यतातिर आकर्षित भएको छ । राजा मणििक चन्दले गुठी प्रदान गरी स्थापित मेहेलेनाथको मन्दिर पनि खिइदै गएको छ । यहाँ अठारौ शताव्दीमा भने विशाल मन्दिर भएको तथ्य प्राप्त एतिहासिक सामाग्रीहरुले संकेत गर्दछ । वाग्दुला तालको गुफा पनि वस्तु कला कै अभिन्न अंग हो । यहाँको प्राचिनता प्रमाणित गर्ने साधन र श्रोतको अभाव रहे पनि पाषण युगसंग सम्वन्ध देखिन्छ । हाल भने शिवानन्द नामक योगीले चित्र कोरी नजिकै शिव र गणेशको मन्दिर निर्माण गर्न थाल्नाले यसको प्राचिनता पुनर्जिवित हुन थालेको छ । स्वर्गद्धारीका शिवालय तथा आठकुने यज्ञशाला धार्मिक तथा वास्तुकलाको दृष्टिले पनि कम महत्वका छैनन ।
कात्रे खोले झाक्री
ज्यादै रिसाहा मानिने र प्रसन्न भएमा चाडै प्रभावित हुने भनी मानिने मध्य पश्चिमाअञ्चलका प्राय सवै जिल्ला र पश्चिमाअञ्चलका पनि केही जिल्लाका वासिन्दा प्रभावित भएका झाक्री महाराज र तिनको निवास मानिने प्रकृतीले पूर्ण प्युठानको सदरमुकाम खलंगा देखि दक्षिण पश्चिममा पर्ने कात्रे खोला प्युठानको महत्वपुर्ण तिर्थ स्थल मध्य एक हो । खलंगा देखि लगभग तिन किलोमिटर दक्षिण पश्चिम कात्रे खोलाको मध्य भाग तिर पूर्व भैरम डाँडा र पश्चिम वुढी चौर वस्तीको बिच भागमा साँगुरो गल्छी परेको ठाँउमा कात्रे खोले झाक्री वा झाक्री स्थान रहेको छ । यहाँको प्राकृतिक वनोट अत्यन्त सुरम्य छ । झाक्री स्थान प्रतिको श्रद्धा र डर दुवै कारणले गर्दा यहाँको हरियालीलाइ कसैले दखल दिन सक्दैनन । यसै शोभा भित्र खिर्रो र फलेदाको ठूलो रुख छ । तिनै रुखलाइ वरीपरी घेरेर चौपारीको आकार दिइएको छ । त्यही आकारलाइ झाक्री स्थान भनिन्छ । रुखको फेदमा पितलले वनाएको झाक्रीको मुकुट आकार छ । वरीपरि त्रिसुल र घण्टहरु भुण्डाइएका छन । ति वेला वेलामा श्रद्धालुहरुवाट अर्पण गरिएका हुन । झाक्रीको कुनै सरकारी वा व्यक्तिगतत गुठी र आजा पुजाको व्यवस्था छैन । केवल समस्याबाट मुक्ति पाउन गरिने वाचा कवोल र प्राप्ति पछि गरिने पूर्तिवाट मात्र अनियमित पुजा हुन्छ । वडा दशै र चैते दशैमा यहाँ वढी घुँइचो हुन्छ । यहाँ टाढावाट आउनेको वढी घुँइचो देखेर मन्दिर वनाउने चेष्टा गर्दा पूर्ण नहुदै पटक पटक भत्केको र झाक्री महाराज जेल जस्तै सानो मन्दिर भित्र खुम्चेर वस्न नचाहने कुरा पहिले कसैलाइ सपनामा भनेको किंवदन्ती पनि सुनिन्छ । यहाँ पुजामा मंगलवार र शनिवार वढी घुइचो हुन्छ । पुजा गर्न सकभर वार पार्ने चलन छ । झाक्रीलाइ वली दिने प्रचलन छ । वलीमा हाँस, कुखुरा, बोका, पाडा आदि दिइन्छ । अन्यमा रोटको पनि भोग दिइन्छ । गहुँ वा चामलको एक मानो पिठोमा औकाद अनुसार अन्य मरमसला राखी त्यसको एउटै ठोस रोटी वनाएकोलाइ रोट भन्ने प्रचलन छ । धुप धजाका साथै गाइको दुधको धार पनि दिइन्छ । खाँचो परेको बर माग्दा र कवोल पुरा गर्दा झाक्री केही वहिरो भन्ने विश्वास गरी साह्रो डाको गरी सुनाउने चलन छ । नजीकै पाटी भए पनि निर्जन ठाँउ हुँदा एक्लै दोक्लै जाँदा हपहपी लाग्छ र छुटपुट सामान सरनतरन गर्ने मौका मिल्दैन । खहरेको वायाँ पट्टी केही माथि जंगलका बिच ज्यादै चिसो पानी भएको एउटा सानो दह छ । त्यहाँ गाइको धार दिदा पशु फाप हुने विश्वास गरिन्छ । प्राय प्युठान भर र आस पास समेत अतिरिङ्क्त खाद्य वस्तु वनाउदा वा यज्ञ आदि गर्दा सिमे भुमे स्थाने मण्डली कुल कुलायन लाइ अग्रभाग चढाउदा झाक्री लाइ पनि चढाउने चलन छ । केही दिने विश्वास दिलाइ मिच्चाइ अथवा भुलवाट न छुटोस भनी निकै सर्तकता अपनाइन्छ । उनी क्रोधित भएमा ठुलो क्षति वेहोर्नु पर्ने विश्वास गरिन्छ । अत पुजामा डरको भुमिका पनि रहेको छ । आस्तीकलाइ आस्था, प्रकृतिको आनन्द लिनेलाइ रमणिय वातावरण , एकान्त मन पराउनेलाइ निर्जनता, वन भोजमा रमाउनेलाइ मनोरम दृश्य भएको यो मनरोम ठाँउमा सुव्यवस्था गर्न सके पर्यटकिय स्थल हुन सक्ने र दक्षिणकाली जस्तै चम्कन सक्ने पर्याप्त सम्भावना छ ।
प्युठान जिल्लाको गाँउ विकास समितिहरुको नामावली र विवरण
अर्खा, विजयनगर ,दाखाक्वाडी, वर्जिवाङ ,वेलबास ,सारी ,स्वर्गद्धारी खाल, कोचिवाङ ,भिंगृ ,गोठीवाङ, नयाँगाउँ, उदयपुरकोट, मर्कावाङ ,तिराम ढुंगेगढी ,वांगेशाल, हंसपुर, दाङबाङ, बरौला ,पकला ,धुवाङ ,रम्दी ,रस्पुरकोट, खैरा ,विजुली, खलंगा, धरमपाजी, चुँजा ,मरन्ठाना, तोरवाङ ,वांगेमरोट, ओखरकोट, वादीकोट ,नारीकोट ,रजवारा ,खुङ ,पुँजा, तुसारा ,लिवाङ,जुमृकाँडा ,स्याउलीवाङ ,डामृ , लिघा ,खवाङ ,लुङ, धर्मावती ,विजुवार ,फोप्ली ,माझकोट
प्यूठान जिल्लाको भौगोलिक स्थिती
नेपालको मध्यपश्चिमाञ्चल क्षेत्रमा पर्ने प्यठान वर्तमान नेपालको ७५ जिल्लामध्ये राप्ति अञ्चलको मध्यपहाडी इलाकामा अवस्थित, मध्यकालको उत्तराद्र्ध र आधुनिक कालको पूर्वाद्र्धको इतिहासमा गण्डकी प्रस्रवण क्षेत्रमा विस्तारित चौबीसी राज्यहरुमध्ये एउटा शक्तिशाली राज्य थियो । यो ८२.३०˚ देखि ८३˚ पूर्वी देशान्तर र २७.५५˚ देखि २८.२५˚ उत्तरी अक्ष्ाांंशको बीचमा फैलिएको छ । यसको मानचित्र हेर्दा उत्तर दक्षिण लम्बिदै गएको छ र पूर्व पश्चिम साँगुरो बन्दै गएको देखिन्छ । समुद्र सतहबाट ३०५ देखी ३६५९ मिटरको उचाइमा अवस्थित यसको क्षेत्रफल १३६५ वर्गकिलोमीटर रहेको छ । दक्षिणपटि को भित्रीमधेशबाट क्रमश ः उत्तर तर्फ अग्लिदै गएको यस क्षेत्रको बार्षिक औषत तापक्रम अधिकतम २४ सेल्सीयस र न्यूनतम १४ सेल्सीयस छ । यहाँ श्रावण भाद्र महिनामा वर्षा बढी हुनेहुदा वार्षिक ८० प्रतिशत भन्दा बढी दुई महिनामा परी हिउँदमा कम पानी पर्छ । मध्येकालीन प्यूठानको मानचित्र वर्तमान समयको भन्दा ठुलो देखिन्छ । वर्तमान प्यूठानको पूर्वमा गुल्मी, पश्चिममा दाङ र रोल्पा, उत्तरमा रोल्पा र बाग्लुङ तथा दक्षिणमा दाङ र अर्घाखाँची जिल्ला पर्दछन् । मध्यकालमा बाईसी र चौबीसी राज्यहरु चौहदीको रुपमा रहेको तथ्य विभिन्न विद्वान्हरुले उल्लेख गरेका छन् । मध्येकालमा पूर्वमा धुर्कोट र गुल्मी, पश्चिममा दाङ, फलावाङ , खुँग्री र गजुल, उत्तरमा पर्वत –मलेवम) तथा दक्षिणमा अर्घा, खाँची, पाल्पा राज्य पर्दथे । भिँग्री राज्यको अस्तित्व भने छुटै पुष्टि हुन नसकेकोले यो प्यूठान राज्य भित्रै नै समावेश भएको तथ्य प्राप्त ऐतिहासिक सामग्रीहरुले पुष्टि गरेका छन् । बडामहाराजधिराज पृथ्वीनारायण शाहले कालु पाँडेलाई लेखेको पत्रमा तनहुँका राजा हरकुमार दत्त गुल्मी वा प्यूठान गएको तथ्य उल्लेख गरेका छन् र कर्कपेट्रिकले बिभिन्न क्षेत्रको दुरी औल्याउँदा पिउठान (पुरथान) बाट धुरकोट ३२ धुरी, बाँदीकोट भिंग्रीकोट ३० धुरी भन्ने उल्लेख गरेकोले प्यूठानको राजधानी भित्रीकोटबाट प्यूठान राज्यको सीमान्तसम्मको दुरी निर्धारण गरिएको बुझिन्छ । उनी नेपालमा वि.सं. १८५० तिर राजदुतको रुपमा नियुक्त भई आएकोले उनको भनाइ बढी विश्वसनीय मान्न सकिन्छ । गुल्मीबाट प्रबेश गरिने मार्ग धुरकोट पुर्व उत्तर, बाँदीकोट पुर्व, माडीखोला पश्चिम र सेरा उत्तरी खण्ड पर्ने हँुदा व्यवस्थित ढङ्गले दुरी कायम गरिएको देखिन्छ । २९ धुरी १ दिनको यात्रा हुन्थ्यो भने २२.५ मिनेटमा १ धुरी भ्रमण गर्न सकिने हुँदा वर्तमान अवस्थामा पनि भित्रीकोटबाट वाँदीकोट सेरा, माडीखोला र धुरकोटसम्म १ दिनमा पुग्न सकिने हुँदा प्यूठान राज्यको भौगोलिक क्षेत्रबारे यथोचित ढंङ्गले मूल्याङ्कक गरेको देखिन्छ । सल्यान र पाल्पा राज्य भैm यसको पनि समतल तराई भएकोले आर्थिक दृष्टिले महत्वपुर्ण सावित भएको छ । संभवतः मधुचनले कब्जामा लिएको कपिलवस्तुको पश्चिमी भाग (शिवराज तराई ) मानिक चनको पालामा दाङ्ग सवारीका थपाला भीममर्दन सिंहले प्यूठानीबाट खोसेको देखिंदा समय समयमा यसको रुप फेरिदै गएको देखिन्छ । प्यूठान धर्मावती, माण्डवी, राप्ती नदी र यिनका सहायक खोलाहरु (गर्तङ, लुङ, खपे्रङ, मरन्ठाना, छापे, जुंम्री, लुंग्री ) ले सिंचित भु भाग भएकोले घना बस्ती थियो । राजधानीमा ४०० घर धुरी र प्यूठानमा चौध हजार वा बाह्र हजार संख्या भएकोले र प्यूठानमा चौध हजार वा बाह्र हजार संख्या भएकोले छब्बीस हजार पाल्पा, आठ हजार पर्वत भने भैm प्यूठानलाई चौध हजार भनिन्थो । प्राकृतिक बनावट
धरातलको हिसाबले प्यूठान राज्यलाई निम्न लिखित क्षेत्रमा बाँड्न सकिन्छ ः
क)ं लेकाली भाग
ख) पहाडी भाग
ग) बेसी भाग क) लेकाली भाग
२,१३४ मिटर भन्दा अग्लो, हिउँदमा निकै जाडो हुने हिउँ पर्ने गे्रनाइट, स्लेट, ढुंगा, दर्शन ढुंगायुक्त चट्टान भएको यस भागमा स्याउलीबाङ, कोठीलेक, तिनपोरे धुरी, स्वर्गद्वारी लेक, पँुजाको लेक, पन्चासेको लेक जस्ता लेकहरु पर्दछन् । यहाँ वर्षाको याममा बादल र कुहिरोले ढाकेको हुन्छ । कम बसोवास भएको यस क्षेत्रमा अन्न उत्पादन निकै कम हुँदा पशुपालनमा भेडा, बाख्रा, चौरी आदि पाल्नृ गरिन्छ । आलु, मकै, फापर, कोदो मात्र उत्पादन हुने यस क्षेत्रमा सल्लो, गुँरास, धुपी, खर्सु, बाँझ आदी बिरुवा पाइन्छन् । यस क्षेत्रमा अधिकांश मगर बस्ती छन् ।
ख) पहाडी भाग
९१५ देखी २,१३४ मिटर सम्मको भू भाग यसमा पर्दछन् । घनावस्ती भएको यस भागमा मकै, धान, कोदो, आलु उत्पादन गरीन्छ । पाखोवारीमा सिंचाईको व्यवस्था नहुँदा वर्षाको पानीमा भर पर्नु पर्दछ । तुषारा, नारीकोट, लिवाङ्ग, खवाङ, धुवाङ, कोचिवाङ आदि गाउँठाउँको पाखो मलिलो एवं उर्वरा छ । यस भेकका जंगलमा कटुस, चाँप, ओखर, चिउरी, पिपल, टिमुर, चिलाउने, साल आदिका रुख पाइन्छन् । यस भेकमा गुरुङ, बाहुन, मगर, ठकुरी, सन्यासी, कामी, दमै र सार्की आदी जातका मानिसहरु बसोवास गर्दछन् ।
ग) बेसी भाग
९१५ मिटर भन्दा हाचो धर्मावती (झिम्रुक), माण्डवी (माडी) राप्ती र यिनका सहायक नदीको आसपासका समतल भु भागहरु यस अन्तरगत पर्दछन् । यस क्षेत्रमा गर्मीमा बढी गर्मी र हिउँदमा न्यानो हावापानी कायम हुन्छ। धान, मकै, गहुँ, जौ, आलु, तरकारी, आँप, केरा, नासपाती, भुइँकटहर, कटहर आदी अन्न तथा फलफुल उत्पादन हुने पांगो तथा मलिलो फाँट यसमा पर्दछ । झिम्रुक तथा सहायक नदीहरुले सिंचाइ गरिने हुँदा एक वर्षमा तीन खेती समेत गर्न सकिन्छ । यहाँ साल, सिसौ, आँप आदि विरुवा पाइन्छन् । यस भागमा ब्राहमण, क्षेत्री, सन्यासी, नेवार, कामी, दमै, सुनार, सार्की, कुमाल आदि जातिको बसोवास छ । यस भेकमा बाग्दुला, पुण्डेखोला, बिजुवार, क्वाडी, रातामाटा, खैरा, माडिखोला, झिम्रुकखोला, गुरीगाउँ, चिसावाङ, पिडाल्ने, पाडावाङ, देवीस्थान, बाङ्गेसाल आदि घना वस्ती भएका गाउँहरु छन् । जनघनत्व तथा उत्पादन दृष्टिले यो भाग निकै महत्वपुर्ण छ । मध्यकालमा शिवराज समेत यसैमा पर्दथ्यो ।
बनजंगल र पशुपंक्षी
देशको अन्य भागमा झै प्यूठानको पनि आर्थिक जीवन कृषिको साथसाथै पशुपालन र इन्धन, काठपात आदिको परिपुर्ति गर्न बन जंगलमा आधारित छ । हावापानी र उचाइको भिन्नताले लेक, पहाड र बेसीमा भिन्न भिन्न जातका बोटविरुवा तथा पशुपंक्षीहरु पाइन्छन् । लेकमा सदावहार जातका धुपी, निगालो, गुराँस, बाँस, बेतवाँस, बाँझ, अँगेर आदि नरम जातका काठ पाइने हुँदा कागज सलाई तथा बेतबाँस उद्मोग सञ्चालन गर्न सकिन्छ । तर यतातिर सम्वन्धित क्षेत्रको ध्यानाकर्षण भएको पाइदैन । यहाँ भालु, कस्तुरी, खरायो, मृग, घोरल, डाँफे, मुनाल, मयुर, कालिज, राते, चौडा, चिल, गिद्ध आदि जातका पशुपंक्षी पाइन्छन् । पहाड तथा बेसीमा प्रायः शीतकालमा पात झर्ने खालका वोटविरुवा पाइन्छन् । कटुस, चिलाउने, चाँप, ओखर, गुराँस, चिउरी, पिपल, टिमुर, साल, सल्लो, सिसौ, बाँझ, काफल, चौतारी, सिमल, धाइरो, खरघुर्रो, दालचिनी आदि बनस्पति तथा वन पैदावर पाइन्छ । यहाँ बाघ, भालु, बदेल, कालिज, ढुकुर, लुईचे, खोलीहांस, तित्रा, सुगा, वकुल्ला, दुम्सी, आदि पशुपंक्षी पाइन्छन् । बढ्दो जनसंख्या र घट्दो बन जंगलको कारण यस्ता पशुपंक्षीहरु लोप हुँदै गएका छन् ।
नदीनाला र खनीज पदार्थ
प्यूठानमा धर्मावती, माण्डवी र राप्तीसमेत मुख्य तीन नदी छन् । धर्मावती नदीको उद्गमस्थल बाग्लुङको खरअर्खा पर्वतमा पर्दछ । प्राकृतिक गाईको मुखबाट पानीको धारा निक्लिएको दृश्य हुँदा गौमुखी नदी भनिन्छ । यसका सहायक खोलाहरु गर्तङ, लुङ, चुँदरी, छापे, काँत्रे आदिले समेत ठुलो भु भाग सिंचाइ गरेका छन् । गौमुखी वा झिमरुक नदीले धेरै जमिन सिंचाइ गरी उत्पादन बढाएकोले यसलाई धर्मावती नामकरण गरिएको हो । माण्डवी नदीको उद्गमस्थल कालाशेष पारिवाङ गाउँमा पर्दछ । लुंग्री, खुंग्री, अरुण, दंगाल, घोरा आदि सहायक खोलाहरु भएकोले माण्डवी (माडी) नदीको आसपासमा सिंचाइमो प्रवन्ध छैन । आसपासको भु भागको तुलनामा गहिरिएर बगेको हुँदा सिंचाइको लागि अप्ठारो परेको छ । धर्मावती र माण्डवी नदीको संगम ऐरावतीमा भए पश्चात् राप्ती नामले चिनिन्छ । राप्तीको पानीले प्यूठान क्षेत्रमा सिंचाईको व्यवस्था गर्न सकिएको छैन । वाङ्गेशाल जस्तो समतल भु भागमा पनी सिंचाइको अभाव छ । राप्ती अञ्चल पनी यसै नदीको नामबाट राखिएको छ । खनिज पदार्थहरुमा आरनेटा (वर्जिबाङ) वाँदीकोट, दम्ती आदि स्थानमा फलाम, खारखोला र ठुलासिममा तामाखानी, फोप्ली र डाम्रीमा स्लेट खानी छन् । खप्रेङखोलामा कोईला, तुषारामा अभ्रक, विजुवार भौकामा पेट्रोल र लुङ्ग्रीमा सुन खानी भएको अनुमान गरिएको छ । भु गर्भमा छोपिएका खानीहरुको अन्वेषण उत्खनन् तथा उपयोग गर्नुको सट्टा सञ्चालित खानीहरु समेत बन्द भएका छन् । खास गरी भारतबाट आयातित धातुहरुको दाँजोमा यी महङ्गा सावित भएकोले धातु निकाल्ने काम बन्द छ । यहाँ तामाका गाग्री, खडकुलो, ताउलो, लोटा आदि अद्यापि बढी उपयोग गरिदैछन् । खलंगा र वांदीकोटमा बन्दुक, कारतोस् बनाउँनुको साथै तरवार पनि बनाइन्छन् । फलाम र तामाको काम गर्ने कामी र टोमटाहरुको वस्ती विभिन्न क्षेत्रमा अद्यापि कायम देखिन्छ ।
जातजाति
मध्यकालमा १४,००० र कतै १,२०० घर संख्या देखाईएको प्यूठान राज्य चौबीसीमध्ये दास्रो स्थानमा पर्दथ्यो । समतल तथा मलिलो फाँट भएकोले बेसीमा घना बस्ती थियो । वि.सं. २०२८ को जनगणनामा ६६,६१७ पुरुष र ७०,७२१ महिला गरी जम्मा १,५७,३३८ जनसंख्या थियो । वि.सं. २०३८ सालको जनगणनानुसार यहाँको जनसंख्या १,५७,६६९, वि.सं. २०४८ मा स्थानीय गा.वि.स. का सचिव लगायतका कर्मचारीहरुलाई घरघरमा पठाई गरिएको तथ्याङ्क अनुसार कुल जनसंख्या १,८७,३८३ देखिएको छ । वि.सं. २०५८ सालको गणनामा २,१२,४८४ जनसंख्या तथा जनघनत्वप्रति किलोमीटर १६२ जना रहेको छ । यहाँ मध्यकालमा ब्राहमण, क्षेत्री, मगर, गुरुङ, ठकुरी, सन्यासी, टोमटो, कामी, सुनार, सार्की, थकाली, वादी, कुसुन्डा, तामाङ आदी जातिका मानिसहरु बसोवास गरेका छन् । वि.सं. २०४८ र २०५८ को तथ्याङ्कमा क्रमशः मगरहरुको संख्या३१.१४ र ३१ प्रतिशत देखिन्छ । उनीहरु चन वंश भन्दा अघिका पुरातन बासिन्दा हुन् भन्ने तथ्यलाई यसले समर्थन गर्दछ । भित्रीकोटको आसपासमा गुरुङको अतिरिक्त मगर बस्तीहरु छन् । यहाँको अधिकांश पहाडी क्षेत्रमा मगरहरुका घना बस्तीहरु अद्यापि विद्यमान छन् ।
राजनैतिक इतिहास
परिचय
विभिन्न इतिहासकार तथा ग्रन्थहरुमा बिभिन्न नामले संबोधित प्यूठान शब्दको उत्पति बारे भिन्न भिन्न मतहरु छन् । कर्कपेट्रिकले प्रथना, हृयामिल्टनले पुजुठान, ओल्डफिल्डले प्रर्थाना, योगी नरहरि नाथले प्लुथान आदि नामले उल्लेख गरिएको प्यूठानलाई सामान्यत प्रतिष्ठान र प्यूठानको रुपमा साहित्यिक तथा पुरातात्विक स्रोतहरुमा उल्लेख गरिएको छ । गोरखाली राजा पृथ्वीनारायण शाहले पनि विभिन्न पत्रहरुमा पिउठाना वा पिउठानी भनिएको पाइन्छ । भारतको प्रतिष्ठानपुरको विकृतनाम पैठन धनधान्य सम्पन्नलाई पीव स्थान भन्ने क्रममा प्रतिष्ठान वा पीउठान हुन सक्ने सम्भावना छ । यहाँका गाउँठाउँ, खोलानाला, वनपखा आदिको नामकरण मगर (खाम) भाषामा गरिएको हुँदा यस राज्यको नाम पनि सोहि अनुसार राखिएको बुझिन्छ । खास गरी शान्ति सुुरक्षाको लागि पीउठ बस्ने ठाना भएकोले पीउठानबाट संवोधन गर्दै जाँदा प्यूठान भएको तर्क स्थानीय बासिन्दाहरुको रहेको छ । भित्रीकोटको पूर्वपट्टि ठानाचौर र पश्चिमपट्टिको ठानाकोट नामक स्थानहरुले पनि यस भनाई समर्थन गरेका छन् । प्यूठानी चन वंशी राजाहरुका अभिलेखहरुमा पनि प्यूठान ( पिउठान ) नै उल्लेख छ ।
प्राचिनता
यँहाको भौगोलिक अवस्थाले दक्षिणपट्टिको महाभारत सृङ्गला र झिम्रक, माडी र राप्ती नदीको आसपासका मलिला फाँटहरुमा पाषाणयुगीन मानवको बसोवास भएको हुन सक्ने सम्भावना देखिन्छ । त्यसैगरी हाल हँुदै गएको अन्वेषण, उत्खनन र अनुसन्धानबाट पूर्व पश्चिम राजमार्गमा पर्ने चन्द्रौटादेखि लमही खण्डमा प्रचिन अवशेष प्राप्त हुनु, बाग्दुला तालमा पाषाणयुगीन गुफा पाइनु, भित्रिकोटको गोरखनाथ पूजास्थल र रक्तेपोखरी नजिक पनि प्राकृतिक गुफाहरुको अस्तित्व फेला पर्नाले पाषाणयुगीन सभ्यता र विद्यमान रहेको प्रतीत हुन्छ । तर यस क्षेत्रको वेज्ञानिक ढङ्गले पाषाणयुगीन सभ्यता र संस्कृति बारे अध्ययन तथा अनुसन्धान भइनसकेकोले अन्य तथ्य बारे स्पष्ट आधार उपलब्ध छैन । प्यूठानका विभिन्न ओडार वा गुफाहरुमा कोरिएका चित्रात्मक आकृति, मानव अस्थिपिन्जरको अस्तित्वसमेत कालान्तरमा हावा, घाम, पानी, मानव, पशुपंक्षी आदिले समाप्त पारेको देखिन्छ । उदाहरणार्थ बाग्दुला तालको गुफामा पुरानो स्वरुप र अस्तित्व मेटिई साधु शिवानन्दले आफ्नै कलाले सजाएका छन् । यस क्षेत्रको प्रचिनता तथा साधु सन्तको क्षेत्र भन्नाले अतीतको पुनर्जीवनको लागि स्थानीय जनताले समेत सहयोग गरेको देखिन्छ । यस क्षेत्रमा पाषाणयुगीन सभ्यता बारे बैज्ञानिक अन्वेषण, उत्खनन तथा अनुसन्धान गरेमा पुष्टि हुने सम्भावना छ । प्रथम ऐतिहासिक कालको रुपमा रहेको लिच्छवि कालमा भने नेपालको पश्चिमी सीमाना वर्तमान सीमानाकै हाराहारीमा थियो भन्ने तथ्य ऐतिहासिक सामग्रीहरुले पुष्टि गरेबाट प्यूठानमा शासन सञ्चालन गर्न पनि सामन्त खटाइएको बुझिन्छ । मानदेव प्रथम चाँगुनारायणको अभिलेखमा ( शक संवत् ३८६ ) पश्चिम पट्टिको सीमा गण्डकी प्रदेशसम्म उल्लेख, जुम्लाको लामाथाडा गुफाका माटाका चैत्यमा लिच्छवि लिपि अङ्कित र बाग्लुङ्गमा मानाङ्क मुद्रा प्राप्त गरिनु जस्ता सन्दर्भहरुले प्राचीन लिच्छवि राज्य अन्तरगत् समावेश भएको स्पष्ट हुन्छ । पुर्व मध्यकालमा काठमाण्डौ उपत्यका भित्र गुहारयुगे राजनीतीको प्रभाव परेबखत केन्द्रबाट टाढा टाढाका प्रदेशहरुमा विषयपतिहरु नियुक्त भई यहाँको शासन चलेको तथ्य गुल्मीराज्यलाई “गण्डीगुल्म विषय” भनिएबाट जानकारी हुन्छ । किनभने गुल्मी, अर्घा, खाँची, इस्मा मुसीकोट सरह प्यूठान राज्य मध्येको भौगोलिक क्षेत्रमा अवस्थित राज्य हो । अतः यहाँ पनि विषयपति खटाई शासन गर्थे भन्ने स्पष्ट हुन्छ । नेपाल उपत्यकाका शासकहरु आपसी युद्ध र बैमनुष्यताले कमजोर हुँदा बखत वि.सं. बाहृौ शताब्दीतिर कर्णाली प्रदेशमा नागवंशी राजाले र सिम्रौनगढ क्षेत्रमा कणीटकवंशी शासकहरुले हैकम चलाएका थिए । कर्णाली प्रदेशका जितारी मल्ल, आदित्य मल्ल आदि राजाहरुले तथ्य प्राप्त अभिलेखहरुले पुष्टि गरेका छन् । अभय मल्लका उत्तराधिकारी कमजोर प्रकृतिका भएको हुँदा राज्य सहयोगी वर्मनहरुले शक्ति विस्तार गर्दै जाँदा बखत विक्रमको पन्ध्रौ शताब्दीको उत्तराद्र्धमा खस राज्य टुक्रिदै बाईसी र चौबीसी ठकुराईहरु अस्तित्वमा आए । यस क्रममा प्यूठानको अस्तित्व पनि स्वतन्त्र राज्यको रुपमा देखाप¥यो । विभिन्न विद्वान्हरुले यसलाई चौबीसीको सुचीमा समावेश गरेका छन् ।
बाईसी र चौबीसीको उत्पत्ति र नामाकरण
विक्रम बाहृौ शताब्दीको पूर्वाद्र्धमा कर्णाली प्रदेशमा नागराजाले स्थापना गरेको खस राज्य अभय मल्ल पछि कमजोर हुँदा वि.सं. १४५० मा सामन्त मेदिनी वर्माद्वारा जारिगरिएको ताम्रपत्रमा ”महामण्डलेश्वर“ भनिनु तथा वि.सं. १४६१ मा वलीराज र मेदिनी वर्माले संयुक्त रुपमा महाराजाधिराज घोषण गरी ताम्रपत्र जारी गरिनु जस्ता सन्दर्भहरुले पन्ध्रौ शताब्दीको उत्तराद्र्धतिर खस राज्यको कमजोर अवस्थाबाट फाईदा उठाई विभिन्न थुम र दरामा स साना ठकुराई स्थापना भएको देखिन्छ । कर्णाली प्रस्रवण क्षेत्रमा पैmलिएका राज्यलाई बाईसी र गण्डकी प्रस्रवण क्षेत्रलाई चौबीसी भनिएको छ । यिनको नामाकरण बारे मतान्तर छ । जुम्ला राज्यलाई एघार पर्वतले बनेको आधारमा “बाइसपाखा” जुम्ला भनिदा पछि बाईसी हुन गएको धारणा सूर्यमणि अधिकारीको छ । त्यहाँका कागजातमा समेत ”बाईस पख्याली“ भनिएको सन्दर्भ समेत मनन योग्य छ । त्यसैगरी टेकनाथ गौतमले ब्राहमण २७ थर, खस २२ थर, गुरुङ, ६ थर वा घर, सन्यासी दशनामी, नाथयोगी ब्राहृपन्थी, मगर अठार पन्थी, थारु चौध जात आदि उल्लेख भएकोमा जथाक लेक पश्चिम बाईस थर खसको बाहुल्यता भएकोले बाईसी र जथाक पूर्व गण्डकी नदी प्रस्रवण क्षेत्रमा १८ पन्थी मगर, ४ थर वा घर गुरुङ समेत २४ थरघरको बसोबास क्षेत्र हुँदा चौबीसी भनिएको तथ्य ट्टढता साथ व्यक्त गरेका छन् । गोरखामा द्रव्य शाहकै पाला ( वि.सं. १६१६ ) मा षड्का तथा मगरको प्रभाव रहेको र चौबीसीमा नपर्ने तथ्य पृथ्वीनारायण शाहको वि.सं. १८२८ माघ ८ को पत्रमा कालु पाँडेलाई ............. उप्रान्त चौबीसीका मानिस भनिएकोबाट आफु यस गुठमा समावेश नभएको स्पष्ट हुन आउँछ । आधुनिक कालको पूर्वाद्र्धमा समेत बाईसी र चौबीसी राज्यहरुको अस्तित्व स्वीकारिएको छ ।
चौबीसीमा प्युठान
कर्णाली प्रसवण क्षेत्रमा वाईसे तथा गण्डकी प्रश्रवण क्षेत्रमा चौविसे राज्यहरुको अस्तित्व रहेको तथ्य विभिन्न विद्वान तथा इतिहासकारहरुले उल्लेख गरेपनि यसको निश्चित सिमांकन गर्न भने सकेको छैन । यस परिवेशमा प्युठान राज्यलाई वाईसेले छोएको भनिएको छ भने दुवै गुठमा यसको नाम देखा पर्दछ । तुल्सी राम वैद्यले महाकाली देखि भेरी सम्म वाईसे र भेरी देखि त्रिसुली सम्म चौविसे राज्यहरु विस्तारित भएको उल्लेख गरेका छन भने वावुराम आचार्यले गोरखा देखि पश्चिम पट्टी प्युठान सम्म रहेका राज्यहरुलाई चौविसे र खसीको लेक देखि उत्तर पश्चिम पट्टीमा राज्यहरुलाई वाईसे राज्य मानेका छन । मध्यकालीन खस र मगरहरुको सिमान्त जलजलाको लेक भएको हुँदा त्यसको पश्चिम पट्टी वस्ने वाईसथरका खसको वाईसे र पूर्वपट्टी गुरुङ हरुको क्षेत्र चौविसे भएको तथ्य पनि उल्लेख छ । प्युठान राज्यको उत्तर पश्चिम पट्टी अवस्थित भिंग्रीको अस्तित्व वारे स्थानिय वंशावलीमा मात्र राज्यको रुपमा उल्लेख भएको हुँदा खुंग्री र प्युठान राज्यको विचमा पर्ने यो क्षेत्र प्युठान भित्र नै भएको तथ्य त्यहाँ प्राप्त रजवन्धक थमौती पत्रहरुले पुष्टि गरेका छन । यी पत्रहरुमा ” .... प्युठान राजा तषतमा छदै” भन्ने उल्लेख छ । पृथ्वी नारायण शाहले ज्योतिषि कालु पाण्डेलाई वि.स. १८२९ फागुनमा लेखेको पत्रमा ”...... सल्यानमाथि वाईसे वढेछन पिउठानका झाराका फौज पठाई ठानावाटै शत्रुलाई भगाएको, पिउठानाको र वाइसेको क्याह हकिगत छ .... ” भन्दा प्युठानसंग वाईसेको उल्लेख गर्दा अलग समावेश गरिनु जस्ता सन्दर्भले सल्यान पुर्व र प्युठानसंग पश्चिम पट्टि वाइसे र चौविसे राज्यहरुको सिमा पर्ने देखिन्छ । गजुलका राजा तुथासिंगले रुकुम सर्पकोटका राजा दारे जैतमकि छोरी तुम्वावती मैया संग विवाह गर्दा गजुललाई दाईजो दिएको क्षेत्र छुट्टाउदा जथाकलेक र माडी दोभान उल्लेख छ । एउटा क्षेत्रको भाग अर्को क्षेत्रको भित्री भागसंग विस्तारित हुँदा कठोरता साथ साईसे र चौविसे सीमा छुट्टाउन अप्ठ्यारो पर्ने धारणा पनि देखिन्छ । श्री ५ गीर्वाणयुद्व विक्रम शाहले सल्यान राजा रणभिम शाहलाई वि.स. १८६३ मा लेखेको पत्रमा ”.... हिजो वाईसे चौविसे माझमा हुँदा तेष ढुंगाले गोर्षाका ढुंगाका सोझो तनमन ल्याई ग¥र्याकोहो तस्तै जानी श्री जिज्युवाज्याले विवाह सम्वन्ध वाध्नु भएको हो, आजसम्म पनि सोही वमोजिम एकघर जानी त्यस तरफको गन्र्या संभार गर्दै रहनु होला......” भन्ने उल्लेख गरिनाले सल्यान वाईसे र चौविसेको माझमा पर्दथ्यो भन्ने पुष्टि हुन्छ । सल्यान वाईसेको र प्युठान चौविसेको सुचीमा परेको हुँदा यिनको विच भाग सिमान्त भएको वुभिन्छ । श्री ५ गीर्वाण युद्व विक्रमको वि.स. १८५८ को ताम्रपत्रमा पनि वाईसे र चौविसेको सीमा सखीलेक भएको उल्लेख छ भने रण वहादुर शाहले फुपु शिवप्रियालाई विर्ता दिदा चार किल्ला छुट्टाई दिएको ताम्रपत्रमा सखीलेकको पूर्वी पाखा ”धावा थुम्की” सम्म प्युठानको सिमाना भएको तथ्य उल्लेख छ । वहादुर शाहले नुवाकोटका श्री कृष्णा धामीलाई पत्र लेख्दा ”.... केही तरहले पश्चिमको काज सिद्व भयाको छैन काज नपुगन्ज्याल ताँहाकोकाज गर प्युठानको वढाई भया पछि काज सिद्व हुँन्या छ ...” भन्ने उल्लेख गरेवाट प्युठान शक्तिशाली तथा चौविसेको सिमान्त राज्य थियो भन्ने जानकारी हुन्छ । प्युठान र सल्यान राज्यको सिमा अगाडी देखि नै जथाकको लेक थियो । यो लेक धौलागिरीवाट निक्लेर दाङको उत्तरमा महाभारतको दक्षिण डाँडा तोसखा भन्ने टाकुरामा मिल्दछ । यसलाई उत्तर देखि दक्षिण सम्म विभिन्न ठाँउमा टोट्के, नौवहीनी, तीन वहीनी , जथाक , चोलिफिजे, ताराखसे, सखी आदी नामले चिनिन्छ । यो श्रृङखलाले उत्तरमा भेरी र गण्डकीको पानीलाई दक्षिणमा राप्ती र शारदाको पानीलाई विभाजन गर्दछ । यी विभिन्न सन्दर्भहरुले वाईसेको पुर्वमा पर्ने सल्यान र चौविसेको पश्चिममा पर्ने प्युठानको विच भागमा सखीलेक नै दुई क्षेत्रको सिमान्त पर्ने हुँदा गजुल राज्यमा वाईसीको अधिकार भएकोले चौविसीको भौगोलिक क्षेत्रवाट छुट्टाउदा ”वाईसखुवा ” भनी पछि सम्म चिनियो । गोरखाको एकिकरण पश्चात प्युठान क्षेत्रमा नै वाईसखुवा तथा कालाशेष समावेश गरिएका थिए । अतः गोरखादेखि पश्चिम प्युठान माडी खोलाको पानी ढालसम्मको क्षेत्र चौविसेमा पर्ने हुँदा प्युठान पनि पाल्पा, पर्वत , कास्की, लमजुङ, तनहुँ, सरह शक्तिशाली चौविसेमा पर्ने राज्य भएको ठहर हुन्छ । प्युठान राज्यको स्थापना तथा वंश परिचय
पश्चिम नेपालमा बाईसी र चौबीसी राज्यहरुको उदय अघि खसीया मल्लहरुको वलियो राजनैतिक संगठन थियो । पृथ्वी मल्लका उत्तराधिकारीहरु कमजोर भएकोले र राजपुतहरुले आक्रमण गरी विभिन्न राज्यहरु अस्तित्वमा आए । यहाँका आधिकांश शासकहरु राजपुत भएको दावा गरी सेन, शाह आदिले भारतमा रहेका राजपुत समूहसंग पारिवारिक संम्वन्ध तथा सम्पर्क कायम गरेका थिए । यसरी प्रतिष्ठित हुन पुगेका ठकुराईहरु मध्ये प्युठान राज्य पनि एक हुनाले यहाँको नालिवेली खोज्दा पनि पश्चिम क्षेत्र पट्टी नै दृष्टि पु¥याउनु पर्दछ । प्युठान राज्यमा सिं, साह, चन्द, वंशी ठकुरीहरुको अस्तित्व विभिन्न ऐतिहासिक सामाग्रीहरुमा देखिए पनि खास गरी चन्द वंशी शासकहरु कै हैकम चलेको तथ्य प्रमाणिक भेटिन्छ । चन्दको प्रवेश नियाल्दा कुमाउँ तिरको ऐतिहासिक पृष्ठभुमि वारे हेर्नु सान्दर्भिक हुन्छ । कुमाउँमा पालवंशी शासक र दक्षिण पश्चिम तिव्वत र पश्चिम क्षेत्रमा खसीया, कत्युरी वंशका व्यक्तिहरुले राज्य गर्दथे । एघारौ शताव्दी तिर व्रहादेउले आफ्नो सन्तान नभएको हुँदा उत्तर भारतवाट कन्जोन वंशी सोमचन्दलाई ल्याई आफ्नी छोरीसंग विवाह गरिदिई उनलाई राजपाट सुम्पिए । यिनलाई सोमचन, शोमवंशी वा चन्द्रवंशी शासकको रुपमा चिनियो । कुमाउँमा सोमचनको प्रवेशवारे वि.स.७५७ वा वि.स. १२३५ उल्लेख गरिएपनि अन्य सन्दर्भहरुले समेत ईशाको एघारौ शताव्दी तिर चन्दको प्रवेश भएको तथ्य विश्वास योग्य ठहर्दछ । दुल्दुमा क्राचल्लको शासन हुँदा त्यहाँ थोहर चन्दले राज्य गर्थे । क्राचल्लको पालामा तिनजना “ माण्डलिकहरु” समेत चन्दवंशी व्यक्ति नियुक्ती भईसकेका थिए भने पृथ्वी मल्ल राईको वि.स. १४१३ को कनकपत्रमा भु–मण्डलका साक्षी वलालचन्द देखा पर्दछन । त्यसै गरी एउटा अप्रकासित चन्द वंशावलीमा पंजाव चण्डीगढमा राज्य गर्ने भारद्वाज ऋषिका सन्तान नरसिंका उत्तराधिकारीहरु पुर्वपट्टी आएकोमा कालान्तरमा चण्डी र आल – चण्डीघर) को अपभ्रस हुदै चण्डयाल, चन्देल, चन्द र चन शव्द बनेको र केहीले काँगडा र कुमाउँमा राज्य गरेको भन्ने सन्दर्भ सहित ताराचन भित्रीकोटका राजा भएका भन्ने उल्लेख छ । गोरखामा प्राप्त एउटा वंशावलीमा प्युठानका राजा मानिक चनका पुर्वज कुमाउँमा राज्य गरेको कान्जोनसंग सम्वन्ध भन्ने पाईनाले समेत चन्दहरुको उदगम स्थल पश्चिम कुमाउँ तथा भारतको समथर भुभागवाट आएको भन्ने विद्वानहरुको भनाईलाई पनि समर्थन मिल्दछ । ताराचनका सन्तान मध्ये केही थाक खोला गएका हुँदा थकाली – भट्टचन , गौचन, हिराचन, शेरचन ) को अस्तित्व विद्यमान रहेको समेत उल्लेख पाईन्छ । ईतिहास शिरोमणी बाबुराम आचार्यले कुमाउँ हुदै सल्यानवाट सखीको लेक पार गरी शाहासी ठाकुरहरुले पिउठान, वर्वत, गुल्मी, धुर्कोट, आदिमा एकसय वर्ष ( ई. सं. १४०० देखि १५०० ) मा ठकुराईहरु स्थापना गरेका, पाल्पाका ठकुराईहरु रुद्र सेन भने दक्षिण पट्टीवाट प्रवेश गरेका , प्युठानका दोस्रो राजा धुर चन्द र अन्तिम मोतिचन्द ठाकुर भएको उल्लेख छ । त्यसै सन्दर्भमा ठकुरी कुलका राजाले चन्द उपाधि ग्रहण गर्दा वखत उनका दाजु भाईहरुले सिंह उपाधि ग्रहण गर्दे जस्मा जसको आधारमा कुमाउका महेन्द्र चन्दका काकाले सिंह उपाधि ग्रहण गरी लालसिंह भने । राज्य सत्ताको अन्त्य पछि भने चन्द उपाधि नै धारण गर्दे । एच. एम. ईलियटले सोमचन्द चन्द चन्द वंशी नभई “ चन्देल” वंशी भएको र उनीहरु झाँसीवाट नआई प्रतिस्थापनको जोशी मठवाट आएको भन्दै मुकराजका ३ छोरामध्ये एउटा छोरा नेपाल प्रवेश गरेका उल्लेख छ । प्रयागले एधारौ शताव्दी – ई.सं १०२७) को अभिलेखमा विजयपाल, आद्योपाल, र त्रिलोचन पालको नाम फेलापरेको छ । कुमाउँमा देखा परेका पाल, चन्द, मल्ल। शाह, शाही, बम, सिंह, हमाल, समाल, आदि थर हुन्छन । अतः बाईसे तथा चौविसे ठकुरीहरुमा विभिन्न ठकुरीहरुको अस्तित्व देखा पर्दछ । रजपुतहरु नेपाल प्रवेश पश्चात त्यहाँका स्थानिय वासिन्दाहरुसंग वैवाहिक सम्वनध एवं सम्पर्क राखि अस्तित्व कायम गरी थुम तथा दरामा राज्य स्थापना गरेका थिए । एउटा राजवंशमा विभिन्न थरको अस्तित्व देखा परेको छ । जुम्ला काले गाँउका सामन्त उत्तमराजका छोरा वलीराजले कल्यालवंश स्थापना गरेका , पुर्खा चितौडको सिसौदिया वाट आएकोमा उनका सन्तानलाई पाल, धित र थापा भनिन्थ्यो । डोटीको वंशावलीमा निस्यपाल, नागमल्ल, कल्याल मल्ल, रिपुमल्ल .............. हरी शाही एउटै वंहवृक्षमा उल्लेख छ भने जाजरकोटको वंशावलीमा मलेभूमका पुत्र जक्ति सिंह, उनका भाई पृथ्वीभुम् रुकुमका राजा कान्छा सुर्तानभुम् सल्यानका राजा भएका थिए । जक्ति सिंहले जाजरकोट , जुम्ला र राजकोटका राज्य गर्दा निसन्तान हुँदा जाजरकोटे काजी वलिराजलाई पगरी लगाई दिए । चौध पुस्तासम्म पराक्रम देखाउने र जुम्लाका वंशका पुर्खा उनी नै थिए । यहाँ पनि सिंह, शाह, मल्ल , शाहा आदि थर धारण गरेको व्यक्तिहरुको अस्तित्व देखा परेको छ । दर्ना राज्यमा प्रमराज देवचन्द्र शाह हुदै नौपुस्ता सम्म चन्द र दश देखि तेईस पुस्ता सम्म राय, चौध देखि तेइस पुस्ता सम्म मल्ल र पछि व्रहा, साही , वम भएको देखिन्छ ।
श्री स्वर्गद्धारी महाप्रभु चरित्रम्
(स्वर्गद्धारी महात्म्य)
हृदय राखी गुरु–पद–कमल, विनय गर्छु धेरै बार ।
निर्मल बुद्धि देहिं प्रभु, म मतिमन्द गंवार ।।
गणपति–दिनकर–गौरी–हर, नारायणी–श्रुति–सार ।
योगि–सन्त–सुभक्त–बटु, गौ–ब्राम्हण–ऋषि झार ।।
सब कहाँ विनय सुचारु गरि, प्रणमउ बारम्बार ।
प्रभु कृपया सुचरित्र यहाँ, सब विधि देहिं सुधार ।।
कहाँ गुरुवयं महात्म्य अर, कहाँ म बुद्धि विहिन ।
सहित श्रद्धा लिखत हुँ, हुँ अति दीन मलीन ।।
जय प्रभूनाथ बाबा
बाबा कहाँ जाने बाटोको विवरण
तपाई भारत देशबाट जब नेपाल देशमा आउनु भयो भने नेपालको कुनै पनी सिमानाबाट आउन सक्नुहुनेछ । जस्तै ः नेपालगंज, बढनी, भैरहवाबाट आउन सक्नुहुनेछ र अन्य देशबाट पनी आउदा बायु सेवाबाट अन्तराष्ट्रिय त्रिभुवन विमान स्थल काठमाण्डौ हुदै दाङ्गको भालुवाङ्ग देखी प्युठान भिंग्री सम्म पक्की कालो पत्रे सडक हुदै र दाङ्गको घोराही–रोल्पाको होलेरी हुदै पवित्र तिर्थ स्थल स्वर्गद्धारी आउन सक्नुहुनेछ । घोराही हुदै आउनुभयो भने दाङ्ग जिल्लाको रमणीय स्थान छ जहाँ तपाईले दर्शन गर्ने लायकको तीन अदभुत अलौकिक रमणीय, धार्मिक स्थानहरु छ । पहिला घोराहीको पुर्वमा स्थित रतननाथ बाबाको मन्दिर छ, दोस्रो घोराहीको उत्तरमा माँ अम्बीकेश्वरी माताको मन्दिर छ र तेस्रो घोराहीको पश्चिम दिशामा स्थित बाबा ब्रह्मदेवको मन्दिर छ । त्यसपछि तपाई पैदल यात्रा जान चाहनुहुन्छ भने एक दिनको रमणीय दृश्यको अवलोकन गदै, प्रकृतिको सौन्दर्यतामा रमाउदै, बिभिन्न पहाड, खोलानाला, छाङ्ग–छहरा, चराचुरुङ्गीको अनन्दमय अवलोकन गदै पैदल यात्रा गर्न सक्नुहुनेछ । यदि तपाई सवारी साधनबाट जान चाहानु हुन्छ भने धोराहिको बाह्रकुने दह–रोल्पाको होलेरी हुदै, ४–५ घण्टाको यात्रा गर्दै सजिलो सँग स्वर्गद्धारीको धरमपनी सम्म कच्ची सडक हुदै जान सक्नुहुनेछ । यस ठाउँमा नयाँ नयाँ सुविधा थपिदै छन् । नयाँ नयाँ धर्मशाला, होटल र खान–बस्नको सम्पुर्ण व्यबस्था गरिएको छ । विस्तारै अरु कुराहरुमा पनी सुधार कार्य भई रहेको छ ।
यस स्वर्गद्धारीमा श्री प्रभुनाथ बाबाको बर्षमा पाँच पटक भब्य ठुलो मेला लाग्दछ ।
पहिलो मेला वैशाखमा बुध पूर्णिमाको दिन देखि अषाढ पुर्णिमा सम्म दुई महिना लाग्दछ जस्मा देशको कुना–कुनाबाट र छिमेकी देश भारतको बिभिन्न ठाउँबाट हजारौ तिर्थलु भक्तजनहरु आउने गर्छन् ।
दोस्रो मेला साउनमा पर्ने पुत्रदा एकादशीको दिन देखी सुरु भएर भाद्र महिनाको पुर्णिमा सम्म लाग्दछ । यस समय मेलामा आउने वाला तिर्थ यात्री बढि जस्तो अधिकांशः गोरखपुर, देवरिया, महराजगंज, पडरौना, बांसी, सिद्धार्थनगर, बस्ती, श्रावस्ती, अयोध्या तथा सम्पुर्ण भारतबाट आउदछन् ।
तेस्रो मेला दिपावलीको दिन देखी भाइटिकाको दिन सम्म लाग्दछ । यहाँ नेपालको श्रृद्धालु भक्तजन भन्दा भारतबाट आउने भक्तजनको संख्या धेरै हुन्छ । यस बेला गाईलाई नुन, आटा, सत्तू आदि खुवाउने प्रचलन छ ।
चौथो मेला पौष महिना देखी पौष महिनामा शुरु हुन्छ यस समयमा अत्यन्त जांडो हुन्छ । त्यसैले जांडो बाट बच्नको लागी न्यानो कपडा हरु ल्याएर आउनु पर्छ । यस समयमा धेरै जस्तो भक्तजनहरु श्रावस्ती, भिन्गा, वहराईच, नानपारा, सितापुर, लखनऊ, बाराबंकी, रुपइडीहा, आदी ठाउँबाट आउँछन् ।
पाँचौं मेला महाशिवरात्रीको दिन लाग्दछ । यस समयमा नेपाल भारत र अन्य देशबाट हजारौं श्रृद्धालु भक्तजनहरु आउने गर्दछन् ।
स्वर्गद्धारी प्रभु महाराजको दर्शन गर्न आउँदा चढाउने सामग्रीहरु:
यहां मुख्य रुपमा सुख्खा सुजीको गोला, सवा मिटरको कपडा, एउटा भेलीको डल्ला, जौं, तिल, पंच मेवा, हवन, कपुर, अगरबत्ती, दाल, चामल, नरीवल एवं आफ्नो स्तर अनुसारको भेटी चढाईन्छ ।
स्वर्गद्धारी महाप्रभुको जन्म स्थल ः
श्रुति र स्मृतियोंमा प्रसिद्ध कैलाश पर्वत जस्मा भवानी सहित भगवान शंकर (श्री पशुपतिनाथको रुपमा) बस्नु हुन्छ । यस हिमालय श्रृंखलालाई हिमवत् खण्ड उत्तराखण्डको नेपाल देश पनी भनेको पाइन्छ । जुन देश आज सम्म हिन्दु–राष्ट्र, स्वतन्त्र धर्म नीतीबाट रहेको छ । पुराण तथा शास्त्र अनुसार आर्यावत (भारत)को राजा–महाराजा, विद्वान एवं विवेकी भुक्तजोगीजन आफ्नो राजपाट, घर परीवार, धनसम्पति सबैलाई त्यागेर जन्म–मृतु, रुप–बन्धनबाट मुक्त हुनको लागी चतुर्यावस्था (अन्तिम समय)मा यही ठाउँमा आएर बस्ने गर्दथे, र यहाँको ऋषि, महर्षिद्धारा शिक्षित भएर यज्ञ, जप, तप योग साधन, निष्काम कर्म गरेर जन्म–मृतुबाट मुक्त एवं कृत–कृत्य हुन्थे । जस्को महिमा सम्पुर्ण शास्त्र वर्णन गर्दछन् र विशेष रुपमा स्कन्ध पुराणान्तर्गत हिमवत्खण्डमा वर्णन गरिएको छ ।
यसै पवित्र देश नेपालको मध्य पश्चिमाञ्चलमा राप्ती अञ्चलको दाङ्ग जिल्लाको पश्चिमोत्तर दिशामा रोल्पा जिल्ला छ, त्यसै जिल्लामा रुमटी भन्ने सुन्दर गाउँमा अत्रिगोत्रीय क्षेत्री जातको श्री अनिरुद्ध जी को धर्मपत्नी श्री श्वेतकुमारीको साथ कृषि र गाईको सेवा, देवता र अतिथिको स्वगत सत्कार गरेर आफ्नो सुखमय गृहस्थी जीवन चलाउथे ।
जुन रुमटीको अनुपम शोभा बढाउने, त्यस पर्वतको आठ फणों वाला सांप (शेषनाग) को आकृति छ । इस नागको घर रुमटी को दक्षिणको पर्वत (जहाँ गाउँ छ , यहाँ सर्पाकार हुनाले यस गाउँलाई सर्पको डाडाँ वा गाउ भन्ने गरिन्छ । यहाँ बिभिन्न प्रकारको लता, वृक्ष, फल, मृग र चराचुरुङ्गी ले शुभोभित हिमालय र तराईको सबै बस्तुबाट भरिपुर्ण छ किनकी रुमटी देखी मथी पहाडको उच्चो शिखर र तल उष्ण प्रदेश छ ।
स्वर्गद्धारी महाप्रभुको जन्म
रुमटी गाउँमा श्री अनिरुद्ध जीद्धारा उनको धर्मपत्नी श्री श्वेतकुमारी देवीको गर्भमा एक महापुरुष प्रविष्ट भयो । देवता र महर्षीहरु साधुको रुपमा भिक्षाको बहानामा आउने गर्दथे । एक दिन गुप्त कुरालाई प्रकट गरी भगवानले भने, “माताजीको गर्भमा एक अलौकिक महापुरुष हुर्किदै हुनुहुन्छ । उहाँको जन्मिने समयमा आकाशमा बाजा बजेको सुन्निने छ र फुलको वर्षा हुनेछ । उहाँले ठुला–ठुला यज्ञद्धारा देवतालाई खुसी बनाएर राम्रो काम गर्ने शिक्षा दिनेछन् । सच्चा योग जुन कलि प्रभावबाट लुप्तप्राय छ त्यसको प्रकाश गर्नेछन् । ” यस्तो भविष्यवाणी गर्नुभयो । परन्तु त्यस कुरालाई कस्ले विश्वास गर्दथो ।
विक्रम सम्वत् १९१६ श्रावण शुक्ल एकादशी (पुत्रदा) आइतबारको रातीमा विचित्र बाजा सुनेर सबैले अनिरुद्धजीको घरमा हेर्दा देखे कि दिव्य फुलहरुको बर्षा भईरहेको थियो । आकाशमा आनन्द दिने वाला बाजा बजिरहेको थियो र चन्द्रतुल्य सुन्दर बालक प्रकट भयो । रात भर गाउँभरी नाच गान भयो । प्रातःकाल भयो, यस प्रकार सबैले पनी ठुलो उत्सव मनाय ।
बाल लीला
उहाँ जन्मिनु भएको छौठो दिन श्रीषष्ठी देवी को पुजा गर्ने गरिन्छ, यस देशमा प्रचलित परम्परा अनुसार षष्ठी देवीलाई बोकाको बलि दिएर पुजा गरियो । विशेष रुपमा भोज भत्यार पनी मनाइयो । सबै भोजन र नृत्य–गीतबाट तृप्त थिए । परन्तु बालक आमाको स्तनपान गरेको छैन । यो देखेर सवै जाना डराय । एक योगी जी लाई बालक देखाइयो । उहाँले थोरै चामललाई अभिमन्त्रित गरेर आमालाई दिदै भन्नुभयो, “यस चामललाई सिरानीमा राखेर सुत्नुहोला, डराउनु पर्ने केहि कुरा छैन ।” त्यसपछि आमाले बालकलाई राती उठेर स्तनपान गराउदा खेरी बालक स्पष्ट बोलर भन्न लगे कि, आमा तपाईले जे मासु खानु भयो, यस दुधमा त्यस मासुको दुर्गन्ध आयो । अतः आजबाट तपाईको दुध पिउन सक्दिन । अब मलाई गाईको दुध पिलाउनु । त्यो देवताको प्रार्थना र तपाईको तपले म तपाईको पुत्र भए । तपाई हेर्नु हुन्छ ? म भविष्यलाई प्रकट गर्छु र यज्ञद्धारा देवताहरुलाई तृप्त गर्छु । त्यसदेखी आमाको दुध पिएनन् । यस कुरालाई आमाले सपना सम्झेर अरुलाई सुनाउनु भएको थियो ।
जब एधार दिनको हुनु भयो जसमा नवजात शिशुको नामाकरण विधिपूर्वक पुजा गरेर गरिन्छ । ब्राह्मण तथा बन्धुवर्गलाई स्वादिष्ट भोजन गराइयो । बालकको नाम ‘नरायण’ राखियो ।
एक दिनको कुरा हो कि आमाले बालकलाई काखमा लिएर मसार्दै चुम्दै, अत्यन्तै मायाले हेदै थिइन । बालक नारायण हास्दा, उनले अनेक ब्रह्माण्ड, नदी, वन, पर्वत, द्धीप, सागर, ब्रह्मा, विष्णु, रुद्रादि देवताहरुलाई देखेर भय र आश्चर्यले आँखा बन्द गरिन् । यस कुरालाई पनी सपना सम्झेर अरुलाई सुनाइन् ।
बच्चाले दुध नपिएको दुई दिन भएको थियो । केहि भूत, डाइन, बैताल आदि केहि लाग्यो कि? भनेर योगी जी लाई बोलाएर बालकको लागी प्रथना गर्ने लागे । तब बालकलाई देखेर योगी बालकको खुट्टामा चुम्दै आश्रुधारा बगाउन लागे । त्यसपछि योगीले भने कि भोली एकादशी त्यसैले उपवास बसेको हुनाले भोली दुध पिउछन् ।
बालक नारायणको दुवै ठाउँमा दुई–दुईवटा दात निस्केको थियो । रक्त कमल जस्तै रातो र कोमल हात तथा पाऊँ थियो, शरीर बिजुलीको समान कान्ति चम्केको थियो, वक्ष स्थलमा भृगुको चरण चिन्ह स्पष्ट देखिन्थो । सुगाको जस्तै नाक, दुवै कान अत्यन्त लामो, कालो–चम्किलो नयन, रसीलो , तोते मिठो वोली, ब्याघ्रको नङ्ग, बाजू दन्त तथा मूंगा, मोती, ठुभ्रेको बुनेको माला, यस प्रकार मानौ शान्ति, धर्य, उदार आदि गुणले मूर्तिमान स्वरुपबाट विराजमान हुनुहुन्थो । जो कोहि एक पटक यस छविलाई देखेपछि चिरकाल पर्यन्त मुन्ध रहन्थे । कहिले माटो सँग खेल्दा खेरी माटोको शिवलिंग बनाएर पुजा गर्दथे र कहिले फुलले श्रीसत्यदेवको पुजा गर्दथे ।
एक दिनको कुरा हो कि गाईलाई चराउनको लागी ग्वालाहरु पहाड तिर जादै थिए । उनीहरुको नजिक आएर नारायण वोले कि अब यहाँ देखी अगाडि नजाऊ । किनकि त्यहाँ अगाडिको पहाड खस्ने वाला छ । यस कुरालाई नसुनेर ग्वाला त्यहि तिर गाईलाई लिएर गएको केहि छिन् मै भयंकर आवाजको साथ पहाडको केहि भाग खस्यो । जसमा धेरै गाई अकालमा मर्यो । यस भयंकर आवाजले गर्दा गाउँका सम्पर्ण मान्छेहरु एकै ठाउँमा भेला भए । तब सबै ग्वालाहरुले भन्ने गरे कि त्यहाँ नारायण हामीलाई जान रोकिदै भन्दैथ्यो, त्यहाँ पहाड खस्दै छ नजाऊ । यस कुरालाई सुनेर सबै गाउँलेहरुले नारायण सँग धेरै प्रश्न गरे । जब सबैको उत्तर सत्य निकल्यो तब गाउँको सबैजना मिलेर उनको नाम ‘प्रभुदेव’ नाम राखिदिए । यि सबै कुराहरु व्यापक रुपमा फैलियो । यस तथ्य सुनेर धेरै टाढाबाट आएर आफ्नो सन्ताप, भाग्य, भविष्यको प्रश्न गरेर त्यसको निवारणार्थ उपायको पाएर सबै जना सन्तुष्ट भएर जान्थे । यस प्रकार प्रभुदेवलाई सबै जनाले सर्वज्ञ, अलौकिक महापुरुष तथा इश्वरको अवतार मान्न थाले ।
एक दिन बाघम्बर ओढेर, गालामा भयंकर सर्पको माला लगाएको, डमरु बजाउदै , हातमा त्रिशुल लिएर एक अद्भुत योगीको आएको देखेर सबै मानिस डरत्रासले यत्र–तत्र भाग्न थाले। तर नारायण उनी योगी जी को काखमा थिए । योगी जी ले आफ्नो लामो भुजाओं बाट आलिंगन गदै विशाल नेत्रले मानै पान गदै थिए । उनीले कुरा गर्दै भने कि पृथ्वी र देवताहरुको दुःख छिटो हटाऊ इत्यादि भनेर योगी जानु भयो । यसपछि नारायण सधै बैराग्य यक्त भएर उदासीन देखिन लागे । उनी केहि दिनको उपरान्त अदृश्य भए । तीन साल पछि केहि एक ग्रमीण ले उनीलाई त्यसै पहाडको एक कन्दरा मो देखे तब सबै जनाले गाउँबाट गएर प्रथाना गरे । एकै दिनमा कुटि तयार भयो तब त्यसै कुटिमा केवल जल और फलादिले मात्र कठिन तप गर्न लागे ।
हे नारायण ! हे पुत्र ! आऊ मलाई उठाउ पिताजी श्री अनिरुद्ध को प्राणान्त समयको यस्तो आर्त पुकार सुनेर प्रभुदेवले नादको अभिव्यक्त गर्दै भने कि पिताजी ! आजबाट केहि चिजको इच्छा र केहि चिजको चिन्ता नगर्नुहोस् । निर्गुण र सगुण दुवै अवस्थामा म एक ईश्वरलाई नै देख्नुहोस् । आत्मा नित्य, शुद्ध र व्यापक सबैको प्रकाश दिन्छ । त्यसैलाई जीर–क्षीर–न्यायबाट हंसको गतिलाई विचार गर्नु इत्यादि उपदेशद्धारा परम ज्ञान प्राप्त गरेर सर्वेषणालाई त्याग गरेर संसारको बन्धनलाई तोड्नु पिताजीले उत्तम गति प्राप्त गर्नुभयो । केहि चिन्तित भएर प्रभुदेवले उनको ऊद्र्ध दैहिक क्रिया गर्नुभयो । यस प्रकार पिताजीलाई परम गति प्रदान गर्नुभयो ।
जब उहाँ विवाह गर्ने योग्य हुनु भयो तब धेरै आफ्नो छोरी सँग विवाह गर्न इच्छा व्यक्त गरे । सबै जनाको यस्तो इच्छा देखेर आमाले उनीसँग आफ्नो इच्छा व्यक्त गरिन् । यस्तो सुनेर नारायण असन्तुष्ट हुदै कुटियामा आगो लगाईदिए, र त्यसै अग्निमा बसे । किनकी प्रभुदेव विवाह बन्धनबाट अलग हुन चाहान्थे । परन्तु आगो चन्दन जस्तै शितल भएको प्रत्यक्षदर्शीहरुले भनेको कुरा सुनिन्छ । त्यसपछि प्रभुदेव यस गाउँलाई छोडेर पहिलेको त्यहि गुफामा जानको हिडे । चारै तिर फिजीएको जटा, जुन कम्मर सम्म लत्रिएको थियो । हातखुट्टा कोमल लाल थियो । चन्द्रतुल्य मुखको कान्ति, मोतीको समान चम्किलो सेतो दात, लामो बाहु, अग्लो र चौडा छातीमा भृगुको पद चिन्ह, कमल, ध्वजा आदि तलमा सुशोभित थियो । कालो र चम्किलो नयन, गुलाबी रंगको कपोल गोरो चम्किलो वर्ण, कमरमा एक बस्त्र लपेटेको, खाली खुट्टा हिड्दै थिए । एक्लै पहाडी जंगलमा बहुत हिंसक जनावरको डर वा खतरा थियो । यस्तो देखेर कुन मान्छेले उपेक्षा गर्न सक्दथो । सम्पुर्ण गाउँले पनी सँगै हिडे । उनको नजिक गएर धेरै प्रार्थना गर्न थाले । तर प्रभुदेव फर्केनन् , त्यही गुफामा बस्दै थोरै फल–फुलादि तथा निराहार बाह्र बर्ष सम्म कठिन तपस्या गरे । तब सबैले उनका नाम ‘श्री बाला तपस्वी’ राखी दिए । यहि नामले विशेष प्रसिद्ध पनी भए ।
सन्यासी हुदाँ
केहि दिनपछि एक विद्धान ब्रह्मज्ञानी सन्यासी श्री १०८ स्वामी सच्चिदान्द गिरिजी परमहंस आएर प्रभुदेव सँग सत्संग गर्नुभयो, उहाँ सँग प्रभुदेवले संन्यास आश्रमलाई धारण गर्नुभयो । उनैको कारण गुरुद्धारा श्री १०८ हंसानन्द गिरिजी परमहंस उनको नाम भयो । तर पनी उनीले सबैले श्री बाला तपस्वी या श्री महाप्रभु नै भन्ने गरे । साथमा अनन्त गिरिजी र दौलतानन्द गिरिजी यी दुवैजना महाप्रभुको गुरुभाई थिए । दूवै सन्यस्त भए ।
जन्म स्थलमा यज्ञ
फेरी रुकुम गाउँबाट आएका एक गौतम कुलको विप्र कुमारलाई संन्यास दिएर प्रथम चेला प्रभुदेवलाई बनाएका थिए । उनको नाम श्री १०८ बोधानन्द गिरिजी राखी दिए । यि दुवै साथमा सबै कार्य गर्दथे । यज्ञशाला र शिवालय बनाए । यसपछि बिस्तारै–बिस्तारै सबै चीज जम्मा हुन थाल्यो । समाचार पाएर तपस्वी र तेजस्वी ब्राह्मण जम्मा हुन थाले । उनी ब्राह्मणद्धारा प्रकट गरीयो कि आगोमा ध्यू धारा सहित नानाविध चरुओंको पनी आहुतिया पर्न थाल्यो । महान–महान शंख, घण्टा, नगाडे.,ढोलक, तुरही आदि बाजाको रोमांचकारी गगनभेदी ध्वनि सबै पापलाई नष्ट गर्नेवाला स्वर्ग र मत्र्यमा व्याप्त हुन थाल्यो । यज्ञको भाग पाएर सबै देवताहरु खुसी भएर पानी सँगै विभिन्न बस्तुहरुलाई बर्साउन थाले । पृथ्वी खुसी भएर हास्न थाले, जस्ले गर्दा सर्वत्र खनिज वस्तु उपलब्ध हुन लाग्यो । पृथ्वी रोमांच रुपबाट अन्न, साग, मुल आदि दिन थाले । रोग–व्याधि–ईति, भीति आदि सबै नष्ट भयो । यस प्रकार पृथ्वीमा स्वर्गको सुखको अनुभव हुन थाल्यो । चारैतिर सुख र शान्ति छायो । यस प्रकार बाह्र वर्षको यज्ञको कार्य परिपुर्ण गरेर प्रभुदेव त्यहाँ जानुभयो ।
तत्पश्चात् तिन स्वामी जब त्यहाँबाट हिड्नु भयो तब माताजी दैडिदै आउनुभयो र रुदै–रुदै भन्न थाल्नुभयो कि, म बुढीयालाई एक्लै छोडेर कहाँ जादै छौ ? म कस्को साहरा लिएर बस्छु ? शान्तभावमा प्रभुदेव भन्न थाले कि तपाईलाई मैले छैठो दिनमा के सुनाएको थिए? मुख भित्र के देखाएको थिए? के त्यो सपना थियो ?र कति ज्ञान–विज्ञानको कुरा बताए ? फेरी तपाई के सोच्दै हुनुहुन्छ ? माताजी (आमा) शान्त हुनुभयो । उनको आशुधारा रोकियो । यो देखेर प्रभुदेव माताजी सँग पुनः भन्नथोले–तपाईलाई केहि कष्ट परेमा मलाई सम्झिनुहोला, सबै कष्ट हराउछ । जब तपाईलाई तीव्र वैराग्य हुन्छ, तब तपाई मेरो पास आउनुहोला संन्यास लिएर तपाई यसै जन्ममा भव–बन्धनबाट मुक्त हुनुहुनेछ । माताजी लाई हेदै हेदै एक योगीको पीठमा सवार भएर प्रभुदेव पूर्व तिर जादैथिए । महीचने ग्रामको जलाशयमा स्नान र जलपान गरेर हिड्दै हिड्दै साँझ ‘श्री स्वर्गद्धारी’ शिखरमा पुगेर एक विशाल ‘बांझको वृक्ष’को तल आसन लगाएर बस्नुभयो, त्यहाँको निवासी गोपालले दुध पिलाए र रात व्यतीत भयो ।
स्वर्गद्धारीमा प्रवेश
यस गिरिशिखरमा पूर्वकालमा स्वर्ग प्राप्तिको लागी महर्षियोंले महान सात्विक वैष्णब योग (यज्ञ) गरेर स्वर्ग प्राप्त गरेको थिए । यसै समयबाट यस टापूको नाम ‘स्वर्गद्धारी’ प्रसिद्ध भयो । केहि काल पछि यस नाम लुप्त भएको थियो । धेरै समयको अन्तराल पश्चात् नेपाल राज्यान्तर्गत दाङ्ग जिल्लाको ‘छिश्लीकोट’ नामको एक किल्लामा दाङ्गको नरेश जसको नाम ‘महीचन ठाकुर’ थियो । आफ्नो जीवन मुक्तिको खोजमा श्री मुक्तिक्षेत्रको लागी गए । दैवयोगले बाटोमा अस्वस्थताको कारण केहि दिन महिचनलाई बसालेको हुनाले आज सम्म मान्छेहरु त्यस स्थानलाई महिचन वा मैचने गाउँ भन्दछन् । जुन स्वर्गद्धारीको पश्चिम दिशामा करीब दुई कोस अर्थात् चार माइलको दुरीमा छ । त्यहाँबाट आउदा आउदै यसै ‘स्वर्गद्धारी’मा नरेश महिचनले यस अतित्य शरीरलाई छोडेर स्वर्गलोकमा गएको कारण यसको त्यही पुरानो नाम ‘श्री स्वर्गद्धारी’ मान्छेहरुले पुनः भन्न थाले । यस स्वर्गद्धारीको तल पश्चिम तिर स्वर्गीय नरेशको स्मारकको रुप स्थापित गरीयो । तब देखी यस स्थानलाई सबैले ‘धर्मपानी’ भन्न थाले । जहाँ आज पनी स्वर्गद्धारी आश्रमको गौशाला र मकैको खेत विद्यमान छ ।
यस स्वर्गद्धारी शिखरमा भिङ्ग्री गाँउबाट मान्छेहरु गाई र भैसी लिएर गर्मीको दिनमा बस्ने गर्दथे किनकी गाउँ धेरै टाढा हुनाले र यहाँ प्रचुर मात्रामा घास उपलब्ध हुन्थ्यो । जसको मुख्य धर तल भिङ्ग्री नै थियो । उनीहरुलाई महाप्रभुले भन्नुभयो कि पुर्वकालमा यहि स्थानमा महान् यज्ञ भएको थियो, अब देखी म अखण्ड यज्ञ गर्छु । अतः यस गिरि शिखरलाई खाली गरिदेऊ । यदि तपाईहरु सहायता गर्नसक्नु हुन्छ भने तपाईहरुको कल्याण हुन्छ । यो सुनेर उनीहरु भित्र श्रृद्धा भयो । तर बाहिर उनीहरुले भने, के तपाई कुनै प्रमाण दिन सक्नुहुन्छ ? प्रभुदेवले खनेर जलेको यज्ञ र खरानीको भण्डार देखाइ दिनुभयो । जसमा पुरानो पञ्च पात्र, अर्घा र अरु केहि पैसा पनी थियो । जसको खरानी निलेर यात्री र छिमेकीहरुले प्रसादको रुपमा ग्रहण गर्दथे र घर लैजान्थे । धेरै दिनपछि त्यहाँ खाल्डो भयो तब माथी माटोले आजकल ढाकियो । धर्मपानीको टापूमा महिचन नरेशको शस्त्रास्त्र र सुरक्षित पैसा पनी निकाले । स्वर्गद्धारीको पूर्व दिशामा केहि दुरीमा एक कुटियाको नमूना, धूनी र चुल्हो देखियो र भनियो कि शिलावत नामक महर्षिको आश्रम पूर्वकालमा थियो । तब पूर्ण विश्वास गरेर उनीहरु सबैले टापू छाडिदिए र भाडाकुडा र अन्य सामान पनी दिए ।
पुरी–निर्माण
त्यही समय देखी गाउँका मनिसहरुले अन्न, वस्त्र र द्रव्य आदिको भेंट (दान) गर्ने र आश्रम बनाउनेमा पुरै तरीकाले मद्दत गर्नथाले । टाढा–टाढाबाट मानिसहरु आएर सेवा गर्न थाले । चारै तिर प्रचार र प्रसिद्धि फैलियो । केहि दिन मै एक सुन्दर शिवालय बनाइयो र त्यसमा शिवजीको स्थापना विधीपूर्वक गरियो । पछि यज्ञशाला जसमा नौ मन्दिरलाई जोडेर एक मन्दिर बनाइएको थियो , जसमा प्रत्येक मन्दिरमा पृथक्–पृथक् पाँच अग्नि कुण्ड र चार देवताको मन्दिर बनाइएको थियो । परन्तु भित्री भाग त्यही पुरानो नै हो यसलाई परिवर्तित गरिएको छैन ।
त्यसपछि बलीयो कुटिया बन्यो जसमा तत्कालीन श्री बोधानन्द बस्नु हुन्थ्यो र सामानको रेखदेख र वितरण गर्नुहुन्थ्यो । अनन्तर बडा गुरु (प्रभुदेव को आचार्य गुरु) जी को कुटी बन्यो , पछि प्रभुदेवको सानो कुटी पनी बनाइयो । विस्तारै–विस्तारै पाठशाला, छात्रावास, धर्मशाला र गौशालाहरु पनी बन्यो । साधु र भक्तजनहरुको अनेक कुटिहरु पनी बनाइयो । यस प्रकार पुराको निर्माण भयो ।
अखण्ड मण्डलाकार यज्ञ
पहले तेतीस् वैदिक ब्राह्मणद्धारा “अखण्ड मण्डलाकार” नामक यज्ञ प्रारम्भ गरियो । जसको विधि केवल प्रभुदेव नै बताउनु हुन्थ्यो र त्यसै प्रकार विद्धान ब्राह्मण यज्ञ गराउदथे । अत्रि गोत्रीय ‘टीकाराम’ नामक एक ब्राह्मणलाई प्रभुदेवले मन्त्र र विधि बताउनुभयो, जसको प्रयोगले टिकारामजीको मुखबाट नै अग्नि प्रकट भयो । यस यज्ञको विधि र नाम आदिको चौसट्ठी कला ले सर्वज्ञ प्रभुदेवले बाहेक अरु कोहिले थाहथिएन ।
पश्चिम मन्दिरलाई मूल गादी (मुख्य मन्दिर) भनिन्छ । जसमा श्री विष्णु पांचयातनको पुजा, श्री मद्भागवत महापुराणको नित्य पाठ र पुर्व–उत्तर दुवै पुष्पांजली, आरती, तिलक यहीबाट चल्दै आइरहेको छ ।
उत्तर मन्दिरमा श्री शिव पांचायतनको पुजा, लघुरुद्रीय शंख जल धाराको साथ नित्य रुद्राष्टाध्यायीको पाठ र श्री गणेश जी को पूजा, प्रत्तिदिन हुदै आइरहेको छ ।
पूर्व दिशाको मन्दिरमा श्री देवी पांचायतनको पुजा, श्री मद्देवीभागवत महापुराणका पाठ नित्यशः चलि रहेको छ ।
दक्षिणको मन्दिरमा श्री सूर्य पांचायतनको पुजा पद्मपुराणको पारयण सदैव देखी चलीरहेको छ । यहाँ तिर श्री प्रभुदेवको र बोधानन्द जी पुष्पांजली, आरती र तिलक (टिका लगाउने बेला) को समयमा सबै भक्तको साथ बस्नुहुन्थ्यो । (जहाँ श्री प्रभुदेवको स्वर्णमय विशाल मूर्तिको स्थापना भयो जो आज पनी विद्यमान छ र बोधानन्दजीको आसन चौकी वनाएर सुरक्षित राखिएको छ ।
चारै दिशाको अन्य चार मन्दिरमा चार अग्नि–कुण्ड एवं मध्यको विशाल मन्दिरमा विशाल मुख्य अग्नि–कुण्ड बन्यो । यस प्रकार पाँच अग्नि–कुण्ड भयो । यस कुण्डमा धृत धाराको साथ नाना चरुओं जसमा सुवर्ण, रजत, रेशमी, सूती, तास, किनखाब आदि वस्त्र, रत्न, सूनचाँदीको प्रतिदिन धेरै पटक रात–दिन अखण्ड हवन भइरहन्थो (त्यो आज पनी साधारणतया त्यही विधिले चलिरहेको छ ) प्रभुदेवको समयको समय रमाइलो थियो । जसको आरम्भ वि.सं. १९५१को वैशाखी पुर्णमासीमा भएको थियो । यस्तो प्राचीनतम अखण्ड यज्ञ संसार भरीमा हुनु दुर्लभ छ ।
जलाशय बनाउन
यस पहाडको शिखरमा पानीको अभाव देखेर, त्यहाँ वनको खोल्सालाई खनेर सानो खाल्डो बनाइएको थियो , यसमा विशाल रम्य तालाउको निर्माण गराइयो र त्यसमा सम्पूर्ण तीथोंबाट जल मगाएर छाडियो । तत्पश्चात् त्यस सरोवरमा पहिले प्रभुदेवले स्नान गर्नुभयो । अतः त्यहाँ पवित्र तीर्थ पानीको अभावको पुत्र्ति गर्ने वाला सुन्दर जलाशय बन्यो । तब सबै जनाले प्रभुदेवलाई जय–जय घोष गदै अपूर्व उत्सव मनाए ।
पुरीको विशषता
कोठोर कुटी (जसलाई भण्डार कुटी भनिन्छ) मा सबै सामानलाई लिएर पुजारी (श्री बोधानन्द) बस्दथे । यसमा सबै चिज प्राप्त हुन्थ्यो र सबैलाई इच्छानुसार वस्तु दिइन्थ्यो । नगाडे, तुरही, शंख, घण्टा, मृदंग र ढोलक आदिको शब्द दीर्घ र उच्च वेदको ध्वनी, गीता, पुराण, व्याकरणादि को पठन–पाठन र जय–जय ध्वनि सबै दिशामा गुञ्जिन्थ्यो । चारौ तिर रोली, अबीर, लावा, अक्षता र फूलको वर्षा हुन्थ्यो । दिव्य ध्वजाएं फहराउथ्यो । जसको शोभा अवर्णनीय र अनुपम थियो । आज जुन सुक्ष्म रुपमा यज्ञादि कर्म चलीरहेको छ, यसलाई हेर्नाले सहज अनुमान गर्न सकिन्छ कि प्रभुदेवको समयको शोभा कस्तो रहेको होला ।
गाई, गोरु, व्याघ्र, सिंह, मृग, भालू सबै साथमा निर्भय भएर तथा साप, मयूर, मुसा, बिरालो, कुकुर साथमा प्रेमभावले मिलीजुली गर्दथे । सर्वदा फल–फूलले भरिपुर्ण बृक्ष, लताहरु र कयौ प्रकारको जंगली लता–बोटविरुवाले आश्रमको शोभा बढाउदथ्यो । यसै प्रकार आगन्तुक भक्तहरु द्धारा पनी हवन, रुद्राभिषक, वेद पाठ, कथा पुराणको श्रवण आदि कार्य तथा भोज भण्डार प्रतिदिन हुदै आइरहेको थियो । यस प्रकारले आगन्तुक भक्त, यात्री आभ्यागत, छात्र, अध्यापक आदि तथा पण्डित र ऋत्विज, महात्मा आदिको बढ्दो संख्यालाई यस प्रकार कसै यथावत् बताउन सक्दैन ।
बास्नादार फुल, सुवासित ताजा र यज्ञमा जलेको ध्यू, विधिले बनाइयो, गाई चरु, सुगन्धित धूप, कर्पूर, केशर, कस्तुरीयुक्त चन्दन आदिको मनोहर सुगन्ध देखी लिएर सबै पवित्र सुगन्धित स्वास्थ्यकर वायू त्यहाँ हुन्थ्यो । पूmल र वाटिकाहरुको पनी शोभा अपूर्व थियो । सबैजना हृष्ट–पुष्ट, प्रसन्न, आनन्द र सुखले पूर्ण देखिन्थे । केहि वस्तुको पनी कमी थिएन । जुन यस आश्रममा प्रवेश गर्दथे, उसलाई पूर्ण शान्ति मिल्दथ्यो । आज पनी यहाँ आउनाले मनमा शान्ति आउदछ । यस्तो पूण्यभूमि स्वर्गद्धारी आश्रमको महिमालाई को वर्णन गर्न सक्छ ? धन्य प्रभुदेव, धन्य स्वर्गद्धारी आश्रम र धन्य छ यहाँको मानिसहरु ।
गौवेंको आगमन
प्रभुदेवले सबै देवता र तिर्थालुलाई सुचना गर्नुभयो कि म यज्ञको प्रारम्भ गर्दैछु, तपाई सबैजना सपरिवार, सुबन्धु–बान्धव पाल्नुहोला । यस प्रकार पत्र लेखेर प्रभुदेवले सबै तिर्थालु भक्तजनहरुलाई पत्र पठाउनुभयो । सबै तिर्थ र देवता गाइको रुप धारण गरेर उनीहरुको नामबाट उपस्थित भए तत्पश्चात् यज्ञको पूर्तिको लागी आफ्नो दुध र बाच्छा उपकृत गर्नुभयो । तब स्वयं प्रभुदेवले उनको नाम गंगा, यमुना, राधिका, विष्णु, माया, मति, अम्बिका, गोदावरी, गण्डकी, ज्योति, नन्दिका, भागरथी, भीमरथी, बद्रिका, दुर्गा, भवनी, कपिला, भद्रिका, स्वाहा, स्वधा, लक्षमी, देवी, मंगलाचन्द्री, सम्रुदा, पृथ्वी, तिलोत्तमा, विष्णु माया, वरुण, गोमा, अरुन्धती, ईश्वरी, योगमाया, कावेरी, गोमती, दौपदी, गौरी, छाया, गायत्री भगवती, यमुना, जान्हवी, सावित्री, देवहुति, पार्वती, रुद्री, माधवी, नारायणी, सागरी, स्वर्गी, रवती, गर्भा, गीता, मधुमति, मति, सिद्धि, हिमा, देवकी, महाभवानी,अदिति, सरस्वती, गंगोतरी, विपथगा, तुलसी, हिमासती, श्यामा, कपाली, सुररंंजन, सुधा, मानसी, सरयु, दिती, सुन्दरी मुदा, मेना, सुदेवा, करुणा, निर्मला, कामधेनू, गतिशारदा,कला आदि नामबाट सम्बोधित गरे । यो सबै गाई मनुष्यको कुरालाई बुझ्ने र धेरै दूध दिने वाला तथा प्रभुदेवको आज्ञा पाउने वितिकै प्रभुदेवको परिक्रमा गर्दै रासलिला जस्तै नाच्दथे । यस प्रकार चमत्कार देखाएर प्रभुदेवको अनिर्वचनीय सेवा गरे ।
आश्रमको संन्यासी
प्रभुदेवले कालो? स्निग्ध एवं नरम केश, नरिवल जस्तै सुन्दर शिर, तिरछे तिन रेखाले युक्त चमकदार ललाट, सुगाको जस्तै लामौ नाक, कमल जस्तै विशाल नेत्र, मत्स्याकार सुन्दर कान, सुपक्व विम्ब जस्तौ ओठ, शंखाकार कण्ठ भृगुको पद लक्षित वक्षस्थल, गहिरो नाभि, दीर्घ बाहु, ध्वजा, अंकुश, वज्र पद्म आदि चिन्ह र पाुदुकायुक्त चरण, चमकीला गौर वर्ण, गेरुवा रंगले रंगीएको बस्त्र बेरेको र ओढेको हुदाँ शिरमा बाधेको रुमालले दुबै कानलाई ढाकेको , गलामा राम्रो फूलको सुन्दर मालाले युक्त सुशोभित रहन्थे । यसप्रकार प्रभुदेवको रुप र महिमाको वर्णन गर्दा–गर्दा साक्षात् सरस्वती पनी थाक्नु भएको थियो । शेषनाग मैन हुनुभयो, अठार पुराणको लेखक वेदव्यास जी को लेखन पनी थाक्नु भयो । कालियुगको हामीहरुको कुरा के हो र ?
प्रभुदेवको दुई साना गुरुभाई थिए । उनीहरुमा एक अनन्तगिरिजी छ जसमा हृषिकेशमा गएर नेपाली क्षेत्रको व्यवस्था गरे । जुन आज सम्म चल्दै आएको छ । जसमा हजारौ साधु र यात्रीहरुलाई भोजन तथा वासस्थानको पूर्ण व्यवस्था छ । दोस्रो दौलताबाद गिरिजी हो जसले प्रभुदेवको सेवालाई स्वीकारेर स्वर्गद्धारी आश्रममा नै अन्तिम समय विताए ।
प्रभुदेवको प्रथम र मुख्य चेला बोधानन्द गिरि हुनुहुन्थ्यो जसलाई सबैले शेषनागको अवतार मान्दथे । उनको दुवै आँखा नागको जस्तै थियो । कालकूट विष खान्थे । उनको पाखुरामा यति बल थियो कि लड्दै गरको दुवै साढेको विचमा उभिएर दुवै आपसमा झगडाबाट रोकदिन्थे । मरचंगा नामको बाजा मनमोहक ढंगले बजाउदथे तथा शान्त, उदार र परम ज्ञानी थिए । यस्तै प्रभुदेवको अन्य चेला पनि थिए, जुनको नाम श्री मुक्तानन्द गिरि, विद्यानन्द गिरि, ईश्वरानन्द गिरि, गोविन्द गिरि, सूर्य गिरि, महेश्वर गिरि, लोकानन्द गिरि, जगन्नाथ गिरि, ब्रह्माभ्यासी गिरि, हरिहर गिरि, अमरानन्द गिरि, खड्गानन्द गिरि, शंंकरानन्द गिरि, नरु गिरि, आनन्द गिरि, विश्वानन्द गिरि, परमानन्द गिरि, समुद्रा गिरि, पार्वती गिरि, यमुना गिरि, ललिता गिरि, गंगा गिरि, उमा गिरि, लक्ष्मी गिरि, शिव गिरि, माधव गिरि, कृष्णानन्द गिरि, पुष्करानन्द गिरि, नारायण गिरि आदि अनेक चेला थिए ।
बोधानन्दको चेला बने–सत्यानन्द गिरि, रामचन्द्र गिरि, गंगा गिरि, केशवानन्द गिरि, तिलू गिरि, सत्य गिरि आदि चेला थिए ।
विश्वनन्द जी को चेलाहरु– कपिलानन्द गिरि, आदित्य गिरि, पूर्ण गिरि, रत्नगिरि आदि ।
महेश्वरानन्दको शिष्यहरु– रम्भा गिरि, माधव गिरि आदि ।
सूर्य गिरिको चेलाहरु– प्रयाग गिरि, चन्द्र गिरि, केशव गिरि, मनु गिरि, लक्षमण गिरि, विश्व गिरि, मंगल गिरि, बाला गिरि, सागर गिरि आदि ।
अमरानन्द गिरिको चेला–कर्णानन्द गिरि ।
खड्गानन्दको चेलाहरु– तारा गिरि ।
दोस्रो शंकरानन्दको चेलाहरु– सुकदेव गिरि, रामानन्द गिरि, सीता गिरि, विष्णुगिरि, शिवा गिरि, पार्वती गिरि ।
ब्राह्माभ्यासी गिरिको चेलाहरु– अनन्नतानन्द गिरि, मुक्ता गिरि, मुक्ता गिरिको चेला तुलसा गिरि, तुलसा गिरिको चेला भागवत गिरि ।
कृष्णानन्दको चेलाहरुः आत्मानन्द गिरि, गणेश गिरि, हरिहर गिरि आदि ।
परमानन्दको चेला–देवानन्द गिरि ।
पुष्कारानन्दको चेलाहरु–धर्मानन्द गिरि, दमयन्ति गिरि, इन्द्र गिरि आदि ।
समुद्रागिरिको चेलाहरु– अयाध्या गिरि, रत्न गिरि, कृष्णा गिरि, गंगा गिरि, कुमार गिरि, शारदा गिरि ।
पार्वती गिरिको चेलीहरु– गौरी गिरि, सीता गिरि, भागवत गिरि, उनको मुक्ता गिरि
।
गौरी गिरिको चेली–गिरिजा गिरि ।
उमा गिरिको चेली– अन्नपूर्णा गिरि ।
लक्ष्मी गिरिको चेलीहरु– शान्ता गिरि, केदार गिरि, प्रकाश गिरि आदि ।
यी सबैजना भजानानन्दी र महान भक्त बने । यिनीहरु मध्ये एकजनाले अभ्यागतोंको सेवा गरे, प्रभुदेवको आज्ञानुसार औषधि बनाउने र दिने, हवन सामग्री जम्मा गर्ने, गाईको सेवा गर्ने, पाठशालाको व्यवस्था गर्ने, साधुहरुको सेवा गर्ने यसप्रकार प्रभुदेवको सेवा गर्दथे ।
प्रभुदेवको दिनचर्या
प्रभुदेव ब्रह्म मुहुर्तमा उठेर दैनिक स्नान संध्यादि क्रिया गरेर उपरान्त कुटिमा आएर नाद गदै भक्तजन आएर प्रभुदेवको पुजा–आरती गर्दथे । भक्तहरुको पुजा ग्रहण गरेर गोशालामा जान्थे र गाईलाई घास, भुस, नुन आदिको रेखदेख गर्दथे । तत्पश्चात् गाईलाई दुहेर, दुधलाई लगेर भण्डार कोठामा जम्मा गर्दथे । बोधानन्द जीलाई आदेश दिएर सबैभन्दा पहिले ग्वालाहरु र घासियोंलाई, छात्राहरुलाई, ऋषिहरुलाई , पण्डित आदिलाई क्रमशः भोजनको व्यवस्था गदै साधुलाई भोजनको व्यवस्था गर्दथे । यतिकैमा प्रभुदेवको कुटिमा आरती, अभिषेक र तिलक हुन्थ्यो । यसपछि गाईलाई ग्वालाहरु सँग केहि टाढा जंगलमा छोडेर आउदथे र फेरि दोस्रो गौशालाको गाईलाई अर्को जंगलमा केहि टाढा सम्म छोडेर आउदथे र फेरि तेस्रो गौशालाको गाईलाई तेस्रो जंगलमा केहि टाढा सम्म छोडेर आउदथे । पुनः बाच्छाबाच्छीलाई टाढा सम्म पु¥याएर सबै ग्वालाहरुलाई सम्झाएर फर्किन्थे । किनकी प्रभुदेवको दर्शन एवं आज्ञा बिना ति गाईहरु चर्नको लागी जादैन्थे । तदन्तर यात्री र आश्रमवासीको लागी जे–जे आवश्यक हुन्थ्यो उनी सबैलाई पुनः आफै हेरेर पु¥याएर यज्ञशालामा जान्थे । उनी भगवानको सबै भक्तहरुको साथ पुष्पांजलि समर्पित गर्दथे र युक्ताहार विहारको अनुसार पवित्र साधारण थोरै भोजन गर्दथे । यसपछि विश्राम स्थानमा गएर बाहिरवाट आएको पत्र–पत्रिकाहरु पढ्न पठाएर लेख्दथे । पुनः पत्रको अनुसार दवा–यन्त्र आदि पठाउने प्रबन्ध गर्दथे । यसपछि त्यहाँ आएको यात्रीहरुको बिभिन्न प्रश्नको उत्तर तथा दवा–यन्त्र आदि दिएर, ज्ञान–विज्ञान सम्बन्धि समस्त शंकटलाई हटाएर उनीहरु सबैलाई खुसी बनाउदथे । समयमै यज्ञमा तिलक आदि यज्ञीय कार्य समाप्त हुने वित्तिकै मेवा, फलफूल, हलुवा, मिठाई आदि प्रसाद लिएर घास काट्नेको लागी जंगलमा जान्थे । त्यस समय प्रभुदेवको साथ योगी, पंडित, विद्धान, ऋत्विक, छात्र र यात्री सबै जान्थे र कथा पुराणको रहस्य, ज्ञान–विज्ञानको कु्रा, मन्त्र–अनुष्ठानको विधि सत्संगको चर्चा, प्रभुदेवबाट सुनेर आनन्द मग्न हुन्थे । जब घास लिएर सबै भेला हुन्थे तब मेवा आदि जुन प्रसाद साथमा ल्याउएको हुन्थे, त्यो सबैलाई खानको लागी घास–भुसा अर्पित गर्दथे । अनन्तर गाईलाई दुहाएर दुध भण्डार कुटिमा राखेर, आफ्नो कुटिमा आउथे तब भक्तहरु प्रभुदेवको आरती गर्दथे । यज्ञशालामा पनी आनन्दमय आरती र भजन हुन्थ्यो, र पछि यज्ञशालामा रात्रिको पुष्पांजलि हुन्थ्यो । यस कार्यलाई समाप्त गरेर सत्संगको चर्चाको साथ प्रभुदेवको उपदेश हुन्थ्यो ।रात्रीको तृतीय प्रहरमा पुनः यज्ञको तिलक आदि हुन्थ्यो । त्यसपछि कुटिमा गएर शिष्यों र साधकोंलाई योगाभ्यास गराउदथे । यतिकैमा ब्रह्म मुहुर्त हुन्थ्यो । प्रभुदेवलाई न त दिनमा विश्राम गर्नेको अवकाश थियो न त रात्रीमा । यस प्रकार काम गर्दा फेरी पनी आत्मचिन्तनबाट विरत हुदैन्थे, र यति भारी बोझलाई पनी प्रतिदिन संभाल्दै पनी निर्लिप्त भावले परोपकार गरि रहन्थे । अनन्त महारुद्रीको अनुष्ठान यज्ञशालाको उत्तर मन्दिरमा विद्यमान श्री शिवजीको माथी जलधाराको साथ पुरा एक साल सम्म हुने वाला विशेष रुद्री द्धारा रुद्राभिषेक “अनन्तमहारुद्री” नामक यज्ञ हुन लाग्यो । पुरै विशेष रुपबाट सजाइयो । चारै तिर ध्वजा र पताकाहरु फहराउन लाग्यो । तोरणको माला, फूल, पल्लव आदिले सझाइयो । चारै तिर बाट सबै प्रकारको सामग्री संग्रह गरेर वैशाख पूर्णिमामा यज्ञ प्रारम्भ गरियो । त्यसमा १०२ ब्राह्मणहरुको वर्णन भयो । सबै जना वेदको ज्ञाता, विद्धान र आस्ति थिए । एक सय सात छिद्रवाला अभिषेक पात्रबाट निक्लिएको १०८ गाईको दुध मिश्रित जलको धाराबाट प्रतिदिन एक महारुद्री पूर्ण हुन लाग्यो । प्रतिदिन त्यसको दशांश हवन पनी यज्ञ–कुण्डमा गरिन्थ्यो । यसैको साथ मंत्र–तंत्र सप्तशी तथा महाकाल शनि मृत्युंजय आदिको जप–पाठादि हुन्थ्यो । त्यसैको साथ श्री शिव महापुराणको व्याख्या विद्धान ब्राह्मण द्धारा गरिन्थ्यो । त्यसपछि महाप्रभुदेवको उपदेश (प्रवचन) हुन्थ्यो । तद्न्तर आरती, अभिषेक, तिलक हुन्थ्यो । सबै यज्ञमा ब्राह्मणहरु भोजन गरेर ताम्बुलादि ग्रहण गर्दथे । केहि समय विश्राम गरेर सन्ध्यापासनादि नित्यकर्म गरेर साझको आरती, पुजा र रोमांचकारी सामूहिक कीर्तन गरिन्थ्यो । यस प्रकार महाप्रभुले पुरा एक साल भरी यहाँ अनन्तमहारुदी नामक रुद्राभिषेक पुरा गरेर वेशाख पुर्णमासीमा भव्य उत्सवको साथ समापन गर्नुभयो । जसमा ब्राह्मणले धेरै–धेरै दक्षिणा पाएका थिए । सबै जना महाप्रभुदेवलाई ईश्वरीय चरित्रलाई देखेर उनको महिमा गाउदथे । यस प्रकार विश्वमा सबै भन्दा ठुलो “अनन्त महारुद्री” महाप्रभुद्धारा सम्पादित भयो ।
खलंगाका बिभिन्न जात्राहरु
२०५८ सालको जनगरणा अनुसार प्युठान जिल्लामा नेवारहरुको जनसंख्या जम्मा ३९०५ मात्र रहेको छ भने हाल सो जनसंख्या बढेर करीव ४१००/४२०० पुगेको अनुमान गरिएको छ । यो प्युठान जिल्लाको कुल जनसंख्याको १.९% मात्र हो । नेवारको कुल जनसंख्याको करीव ८२% ले नेवारी भाषा बोल्दछन भने वाँकीले नेपाली भाषा नै बोल्दछन । प्युठान जिल्लामा नेवारहरुको वस्ति सदरमुकाम खलंगाको वजार क्षेत्र र विजुवार गा.वि.स.को बजार क्षेत्रमा केही वढी रहेको पाइन्छ भने भिंगृ , दाखाक्वाडी, धर्मावती, तोरवाङ, धरमपानी, वरौला, ओखरकोट लगायतका अन्य गा.वि.स. हरुमा पनि नेवारहरुको वस्ती रहेको पाइन्छ । जनसंख्याको हिसावले थोरै र पेशागत हिसावले अधिकांश व्यापार व्यवशायमा संलग्न रहेका नेवार जातिको संस्कृती पनि खलंगा र विजुवार क्षेत्रमा मात्रै सिमित रहेको पाइन्छ । यिनै संस्कृतीहरु मध्ये खलंगाको जात्राहरुको पनि विशेष महत्व छ । जस्को चर्चा तल प्रस्तुत गरिएको छ ।
लाखे जात्रा :
श्रावण कृष्ण चतुर्दशी (गठे मंगल/घण्टाकर्ण) को दिन देखि यो नाच नचाइन्छ । घण्टाकर्ण नामको राक्षसले राम्रो कुरा सुन्न नपरोस भनी दुबै कानमा ठुला(ठुला घण्टा झुण्ड्याइ मानव जातिलाइ सताउने र उनीहरुबाट पैसा (कर) उठाउँदै आफ्नो गुजारा गर्ने गरेको र त्यसै राक्षसको रुपमा त्यस दिन अर्थात घण्टाकर्ण को दिन देखि श्रीकृष्ण जन्माष्टमीसम्म त्यसलाइ नचाइन्छ । ठुलो डरलाग्दो मुखडा, ठुलो टाउको त्यसमा लामो बाक्लो रौं भएको, कम्मरमा घुंघर बानेको र स्थानिय बाजा गाजाको बिशेष तालमा लाखेलाइ नचार्इन्छ । यसमा दुष्ट राक्षसको रुपमा लाखेलाइ प्रस्तुत गरिन्छ र श्री कृष्ण जन्माष्टमीको दिनमा त्यसको अन्त्य गरिन्छ । लाखे लाइ भगवान श्री कृष्णले वध गरे पछि मानव जातीले मुक्ति पाएका थिए र त्यसैका सम्झनामा लाखे जात्रा निकालिने परम्पराको थालनी भएको हो भन्ने भनाइ छ ।
नागा नगिनी नाच :
नागा (नगिनी नेवारी परम्परा एवं चलन चल्ती अनुसार नाग पञ्चमी देखि जनैपूर्णिमाको अघिल्लो दिनसम्म प्रस्तुत गरिन्छ । विशेष रुपले सिंगारिएको नागा (पुरुष) र नगिनी (महिला) को जोडी स्थानीय बाजा मादल, झ्याली र बाँसुरीको बिशेष धुनमा आकर्षक रुपमा नाच्छन र तिनीहरुलाइ साथ दिने स्वांगेको जोडी झुत्रे लुगा लगाइ प्रतियोगि झै सँगै नाच्छन् । स्वांगेको जोडीले बीच बीचमा स्थानीय रुपमा मानिसहरुको जन जीवनसँग गाँसिएको कुरा र सामाजिक बिकृतिलाइ ब्यङ्यात्मक रुपले दर्शकहरुलाइ मनोरञ्जन दिने गरी प्रहशन समेत गर्दछन् । यसको धुन आफ्नै प्रकारको छ । नेवारहरुको पुरानो थलो काठमाण्डौं नागहरुको बासस्थान हो । नेवारहरु नाग देवताको पूजा र श्रद्धामा विश्वास राख्ने जाति भएकोले तिनै नागहरुको सम्झनामा र श्रद्धामा यो जात्राको थालनी भएको हो भन्ने भनाइ छ । यो जात्रा अन्य नेवारको बस्ति भएको जिल्लाहरुमा पनि देखाउने प्रचलन छ तापनी यहाँको बाजाको ताल भने आफ्नै किसिमको छ ।
तायमचा :
यो जात्रा जनै पूर्णिमा वा ऋषितर्पणी पूर्णिमाको दिन बेलुकी र अर्को दिन बेलकी निकालिने संस्कति हो । यसको प्रचलन काठमाण्डौंका राजा प्रताप मल्लको पाला देखि शुरु भएको हो । राजा प्रताप मल्लका छोराको देहावसान भएपछि विह्यवल भएकी रानीलाइ सान्त्वना दिनको लागि विभिन्न् जात्राहरु प्रस्तुत गरेका थिए भन्ने कुरा इतिहासमा पनि प्रष्ट पाइन्छ । यहाँको गाइजात्रे प्रर्दशन भक्तपुरमा निकालिने तयमचा : (गाइजात्रा) सँग बढी मेल खाएको देखिन्छ । यसबाट के कुरा प्रष्ट हुन्छ भने यहाँका नेवारहरु पनि कोहीँ भक्तपुरबाट बिस्थापित भएर आएका थिए । पूर्णिमाको दिन देखि नेवार समुदायका प्रत्येक मृतकका घरबाट मृत आत्माको मुक्तिको कामना गर्दै कुनै गाइको स्वरुप र कुनै डोको माथि अग्लो रुप दिइ सिंगारिएको गाइ बिशेष स्थानिय बाजा र आफ्नै प्रकारको धुन सहित नाच्दै मन्दिर र बजार धुमी घर भित्राइने चलन छ । अर्को दिन पनि सोही अनुसार गरिन्छ । ऋषितर्पणीमा अन्यन्त मांगलिक र शुभ दिन हो र यो दिन स्वर्गको ढोका खुल्ला रहन्छ भन्ने मान्यता पनि छ । मोक्ष दर्शनमा विश्वास राख्ने नेवारहरुले मृतक आत्मालाइ तायमचा (गाइको रुप) को रुपमा प्रस्तुत गरी बैतर्नी तराइ स्वर्ग सम्म पुगिन्छ भन्ने प्रचलन छ । तायमचाको साथमा २ जना सिंगारिएको जोडीलाइ स्वर्गको परिको रुप मानिन्छ जसले बाजाको मिठास धुनमा नाच्दै स्वर्गको बाटोको अबरोधलाइ खुसी पार्दै मृतक आत्मालाइ स्वर्गमा पुर्याउन सहयोग पुर्याउँछन् भन्ने बिश्वास छ ।
निर्गुण रामायण :
यो संस्कृति पनि जनै पूर्णिमाको दिन देखि शुरु गरिन्छ । नेवारी संस्कृतिको विकसित रुपमा निर्गुण रामायणको प्रदर्शनलाइ लिन सकिन्छ । बिशेष गरेर मृत आत्माको चिर शान्तीको कामना गर्दै भगवानको सरणमा पर्दै मोक्ष प्राप्ती होस् भन्ने कामना तथा कालको अबश्यभावित, हाम्रो नश्वर सरिरको अस्थित्वको कुरालाइ कारुणिक लयमा प्रस्तुत गर्दै श्री गणेश भगवान संग मांगलिक बन्दना सहित बजा परिकर्मा गरिन्छ । यसमा मृतकाको पूर्ण जीवनी र उनीबाट प्राप्त ज्ञानगुणका कुरालारइ संगितबद्ध गरि गाइन्छ । यसमा कलाकारहरु बिशेष प्रकारको साँस्कृतिक पहिरनमा सिंगारिएका हुन्छन् जसले दर्शकहरुलाइ थप आकर्षित गरेको हन्छ । नेवारहरुको उद्गम स्थल काठमाण्डौं उपत्यका भएता पनि त्यहाँ यो जात्रा कमै प्रचलनमा छ भने पाल्पा तानसेनमा यसको चलन बढी र धेरै पहिले देखि चलेको कुरा सुनिन्छ । यहाँ पनि तानसेनबाट यो संस्कृति भित्रिएको हो भन्ने भनाइ रहेको पाइन्छ । यस जिल्लामा निर्गुण रामायण प्रथम पटक वि.स. १९९० मा प्रस्तुत गरिएको थियो भने यसलाइ बेला बेलामा निरन्तरता दिने कार्य जारी छ ।
छिनीमिनी जात्रा :
यो जात्रा जनै पूर्णिमाको भोली पल्ट प्रस्तुत गरिन्छ । यस जात्रामा साना साना केटा केटीहरुलाइ गोप (गोपीनीको रुपमा सिंगारिएको हुन्छ । ति सिंगारिएकाहरु कृष्णजीको रुपमा सिंगारिएको व्यक्तिको पछि पछि बाँसुरी र बाजाको तालमा नाच्दै बाजार घुम्ने गर्दछन । यसबाट के बुझिन्छ भने भगवान श्री कृष्ण मानवमात्रका पथ प्रदर्शक हुन्, मोक्ष प्राप्तिका गुरु हुन् । अर्को शब्दमा भन्नु पर्दा मानव रुपमा स्वयं भगवान हुन् । उनको लिला गाथाले प्रदर्शनले मुक्तिको बाटो खुल्छ भन्ने मान्यातामानै यो जात्रा चलन चल्तीमा आएको हो भन्ने भानाइ रहेको छ ।
गाइजात्राको पुरक जात्रा बहुरुपी जात्रा (भदौरे जात्रा):
जनै पूर्णिमाको तेस्रो दिन प्रस्तुत गरिने यो जात्राको आफ्नै किसिमको महत्व छ । एउटा राज्यको पूर्ण स्वरुपलाइ प्रतिविम्वित हुने गरी राजा, रानी, मन्त्रीगण, लावालस्कर सिपाइहरु, योगी सन्यासीहरु, विभिन्न साँस्कृतिक टोलीहरु र मुलुकका विशेष पहिचानका कुराहरुलाइ पनि यस जात्रामा प्रस्तुत गर्ने गरिन्छ । जात्रे सरकारले केन्द्र र स्थानीय व्यक्तीहरुको कियालापहरुको खुला र रोचक रुपमा आलोचना र कार्य अनुसारको दण्ड पुरस्कारको घोषणा खुला मञ्चमा गर्ने गरिन्छ । विभिन्न ओहदामा रहेका व्यक्तिहरुको जनगुनासाहरु खुलासा गर्ने र मान पदवी, सरुवा, खोसुवाको घोषणा गर्ने चलन छ । पहिले राजाहरुको बोली नै कानुन हून्थ्यो । जनताका कुनै पनि प्रजातान्त्रिक अधिकार थिएन । तर पनि त्यतिवेला राज्यमा जनचाहना र जनगुनासो कस्तो छ भन्ने कुरा बुझ्ने अवसरको रुपमा १ दिनको लागि मात्र भए पनि जात्राको रुपमा स्वतन्त्रता प्रदान गरिएको हो भन्ने मान्यता रहेको छ । यस जात्रा राणारुको एक तन्त्रिय हुकुमी शासन हुँदाको समयमा पनि प्रस्तुत गर्ने गरिएको कुरा बुढा पाकाहरुबाट थाहा भएको छ। । यो जात्राकै माध्यमबाट तत्कालीन सरकारले आफ्नो प्रतिकिरिया बुझ्ने गर्दथ्यो भन्ने भनाइ पनि छ ।
रोपाइ जात्रा:
यो जात्रा जनै पूर्णिमाको तेस्रो दिन साँझमा प्रस्तुत गरिन्छ । जात्राहरुमध्ये यो निकै रोचक र आकर्षक मानिन्छ । एउटा पूर्ण एवं व्यवस्थित रोपाइको प्रस्तुती पञ्चेबाजाको ताल र कटुवालेको ठुलो स्वरको खबरदारीका साथ आफ्नै किसिमको सहनाइ र बाँसुरी लगायत पञ्चेबाजाको विषेश धुन र तालमा गीत गाउदै रोपाराहरु रोपाइमा मस्त हुनछन् । जात्रामा रोपारा लगायत अन्यको खानाको व्यवस्था गर्नेहरु पनि विभिन्न रुपमा सिंगारिएका हुन्छन् । सँगसँगै माछा मार्ने टोली, सिंगारेहरु, कोदालेहरु, मानव गोरु एवं हलीहरुको प्रर्दशनीले थप रोचकता प्रदान गरेको हुन्छ । नेवारको उद्गम स्थल काठमाण्डौ, भक्तपुरमा बस्ने नेवार जातिहरुले कृषि पेशालाइ मुख्य पेशाको रुपमा लिने गरेको र त्यहि पेशालाइ सम्मान गर्दै नेवार जातीको यो जात्रा शुरु गरेको हो भन्ने मान्यता छ र यहाँका नेवारहरु पनि काठमाण्डौं, भक्तपुरबाट विस्थापित भएर आएकाले यहाँका नेवारहरुले पनि त्यसलाइ अंगिकार गरेको हो भन्ने भनाइ छ । यो जात्रा नेवारहरु रहेका विभिन्न जिल्लाहरुमा पनि प्रस्तुत गरिन्छ तर यहाँको बाजाको धुन र प्रदर्शनी आफ्नै प्रकारको छ ।
कृष्णजी रथयात्रा: श्री कृष्ण जन्माष्टमीको दिन भगवान श्री कृष्णको भजन किर्तन गरी रातभर जागाराम बस्ने प्रचलन छ र अर्को दिन भगवान श्री कृष्णजीलाइ रथमा सिंगारी भजन किर्तनका साथ यात्रा गराइ बजार घुमाउने गरीन्छ । यस जात्रामा राधा कृष्ण, राम सीता, हनुमान, शिव पार्वती, ऋषिमुनीहरु, नारद, गोपीनीहरु लगायतका अन्य विभिन्न रुपमा सिंगारिने चलन छ । यस जात्रालाइ ८/१० वर्ष अघि मात्र बढी भव्यताका साथ प्रस्तुत गर्ने गरिएको छ ।
कृपया कुनै सल्लाह सुझाब छन् भने, हामीलाई अनलाइन पठाउनु सक्नु हुनेछ । प्यूठान जिल्लाको कुनै पनि जातिको संस्कृती वा चाड्पर्वको बारेमा जे जस्ता जानकारी , त्यसको महत्वको बारेमा तपाईलाई जानकारी छ भने हामीलाई इमेल गर्नुहोस् । त्यस्ता कुराहरु, जानकारी हामीलाई अत्यन्त महत्व छ । साथै त्यस संस्कृती झल्किने तस्विर छन् भने पनी हाम्रो इमेल ठेगानामा पठाउनुहोला । इमेल गर्दा आफ्नो पुरा नाम, ठेगाना र सम्पर्क नम्बर पनि पठाउनु होला । Shrestha30@gmail.com Log on to our website: www.shrestha.page.tl
EDIT BY: ANUP SHRESTHA