Help talk:Automatic edit summaries
४० घण्टे उद्यमशीलता सहयोग विकास तालिम
- प्रनिता अधिकारी
भक्तपुर, ७ जेठ । वागीश्वरी कलेज तुमची, कमलविनायकमा अध्ययनरत विद्यार्थी तथा शिक्षकविच ४० घण्टे उद्यमशीलता सहयोग विकास हो । तालिम शनिबारदेखि वागीश्वरी कलेज सभा हलमा सुरु भयो।"
विद्यार्थीहरूलाई उद्यमशीलताको क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा वागीश्वरी कलेजले यो कार्यक्रम आयोजना गरेको हो ।
विश्वविद्यालय आयोगअन्तर्गत उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन कार्यक्रममा व्यवस्था रहेको उद्यमशीलता सहयोग कार्यक्रमका लागि नेपालभरबाट १८ वटा कलेजहरू छनोट गरिएकोमा वागीश्वरी कलेज पनि छनोटमा परेको छ।
वागीश्वरी कलेजमा अध्ययनरत विद्यार्थी र ४० वर्षभन्दा कम उमेरका शिक्षकहरूलाई यसअघि नै उद्यमशीलता दिनुभएको थियो । प्रस्ताव माग गरिएकोमा आएका प्रस्तावहरूमध्ये ३० जनालाई छनोट गरी यो तालिम सञ्चालन गरिएको हो ।
उद्यमशील बनाउने लक्ष्यका साथ अगाडि बढेको उद्यमशीलता कार्यक्रमको चौथो तहको पहिलो तालिमलाई गम्भीरतापूर्वक ग्रहण गर्न तालिम संयोजक अविना श्रेष्ठले आग्रह गर्नुभयो ।
तालिमको पहिलो दिनको स्रोतव्यक्ति 'साइनो र मौरी भेन्चर' का दिनुभयो उद्यमी तथा व्यवसायी संस्थापक अमृत विष्टले उद्यमी के हो ?, कसरी उद्यमी बन्ने र यसको प्रकृयाबारे प्रशिक्षण दिनुभएको थियो।
यस उद्यमशीलता सहयोग कार्यक्रमअन्तर्गत उद्यम सुरु गर्न छनोटमा परेका युवा, शिक्षक, कर्मचारी र विद्यार्थीलाई बीउ पुँजीको रूपमा सानो उद्यमको लागि ५ लाख रूपैया, मध्यम गर्ने बताइएको छ । उद्यमको लागि २० लाख रूपैयाँ र ठूलो प्रशिक्षार्थी उद्यमको लागि ४० लाख रूपैयाँसम्म प्रदान गरिने वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले जानकारी दिनुभयो।
तालिममा सहभागी एक विद्यार्थीले तालिम फलदायी रहनुका साथै नेपालमै सम्भावना खोजी उद्यमशील हुन उत्प्रेरित गरेको बताउनुभयो ।
उद्यमशील सहयोग कार्यक्रमअन्तर्गत आयोजना गरिएको यस तालिमका ६ वटा मोडललाई नौ दिन भाग लगाएर प्रशिक्षाबीलाई प्रशिक्षण गर्ने बताएकाे छ।